मर्मत हुँदै चौतारा–नवलपुर सडकखण्ड

चाडबाडको समयमा घर फर्कने र सामग्री खरिद गर्न सदरमुकाम चौतारा आउने यात्रुहरुको चाप र जोखिमपूर्ण यात्राको कारण हुनसक्ने सम्भाव्य दूर्घटनालाई ध्यानमा राखी दशैं अगाडि नै चौतारा–नवलपुर सडकखण्ड मर्मत गरिएको थियो ।

हाल जिविस सिन्धुपाल्चोकको आर्थिक सहयोगमा नौबिसे–चौतारा–मेलम्ची सडक पुनः मर्मत सम्भार भइरहेको छ । सडकमा खाल्डा परेको कारण यात्रुवहाक वस लगायत अन्य साधनलाई अत्ति नै असहज भएकोले झ्याँडी खोला खेत खण्डमा ग्राबेल गर्न लागेको सरोकार केन्द्रका अध्यक्ष राधाकृष्ण श्रेष्ठले बताउनुभयो ।
सडक मर्मत गर्दा जिविसले छुट्याएको रकम भन्दा पनि स्थानीय जनताको आकंक्षा र महंगीको कारण पनि मर्मतलाई निरन्तरता दिई सम्भाव्य दूर्घटनालाई बचाउने कार्य भइरहेको सरोकार केन्द्रका सल्लाहकार माधवलाल कर्माचार्यले बताउनुभयो ।
यात्रुवहाक, मालवहाक, संघसंस्था र प्राइभेट गाडीहरु सहज रुपले चलाउन पाउँदा यात्रुहरु खुसी देखिन्छन् भने व्यवसायी एवम् मजदुरहरु पनि उत्साहित देखिन्छन् । विगत २ वर्षहरुमा सरकारी विना योजना पनि सडक मर्मत गरेर यात्रुहरुलाई सहज बनाउन पाएकोमा सरोकार केन्द्रका अध्यक्ष श्रेष्ठ खुसी व्यक्त गर्नुहुन्छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.