धर्म, संस्कार र संस्कृतिको जगेर्ना गरौंः बस्नेत

जबसम्म संस्कार, संस्कृती र धर्मको बारेमा मानिसले ख्याल राख्दैन तबसम्म मानवीय विकासको पनि कुनै अर्थ हुँदैन । मानवीय विकासको लागि धर्म, कर्म र मठमन्दिरको पनि विकास गर्नुपर्छ । उक्त कुरा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा माननीय मोहनबहादुर बस्नेतले बताउनुभएको हो ।
उहाँले प्रत्येक प्राणीहरुको आ–आफ्नै धर्म हुन्छ । आ–आफ्नै संस्कार हुन्छ । त्यहि धर्म र संस्कारमा हुँर्केका हामी मानव जातीले पनि आ–आफ्नो धर्म अनुसार कर्म गर्नु पर्दछ भन्नु हुँदै नेपाली कांगे्रस सबै जात, धर्म, संस्कृति र संस्कार हैसियत अनुसार आ–आफ्नै अस्तित्वमा रहनुपर्छ भन्ने एकमात्र लोकतान्त्रिक पार्टी भएको समेत बताउनु भएको छ ।

उहाँले उक्त कुरा काभ्रेपलाञ्चोक जिल्ला सापिङ्ग गाउँ विसका समिति स्थित मूलखर्क भिमसेनको पौराणिक तथा एतिहासिक स्थलमा निर्माण हुन लागेको मन्दिरको शिलान्याश गर्ने क्रममा बताउनुभएको हो ।
भिमसेनको पहिलो पाइला सापिङ्गको मूलखर्क र दोस्रो पाइला दोलखामा रहेको स्थानीयको भनाई रहेको बताउँदै नेपाली कांग्रेस सिन्धु–काठमाडौं सम्पर्क समितिका अध्यक्ष रामेश्वर आचार्यले त्यहाँको भिमसेन स्थानमा चिताएको कुरा पुग्ने मानिसले मागेको बर प्राप्त हुने कुरा समेत स्थानीयले बताएको जानकारी दिनुभयो ।
त्यहाँको भीमसेन स्थानमा कात्तिकको भाइटिका पछाडि आउने एकादशीका दिन ठूलो मेला लाग्ने गरेको छ । त्यहाँको भिमसेनले बलियाले निर्धालाई अन्याय गरेको खण्डमा अन्याय गर्नेलाई कुनै न कुनै तवरले सजाय दिएको विश्वास समेत स्थानीयले गर्नेगरेका छन् ।
यस वर्ष कात्तिक २५ गते एकादशीका दिनमा ठूलो मेला लाग्ने गरेको छ भने वर्षैपिच्छे यहि तिथीमा मेला लाग्ने गरेको छ । भिमसेन स्थान भन्दा केही भाग माथि गएपछि गणेशको मन्दिर समेत रहेकाले त्यहाँको गणेशस्थान र भीमसेन स्थानमा दर्शन गरे मनोकांक्षा पूरा हुने स्थानीयको विश्वास रहेको समेत आचार्यले बताउनुभयो ।
मन्दिर शिलान्यास कार्यक्रममा नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. ४ का क्षेत्रीय सभापति महेश खरेल, काठमाडौं क्षेत्र नं. २ का महाधिवेशन प्रतिनिधि उद्धव खड्का, काभे्रपलाञ्चोकका समाजसेवी तथा नेपाली कांग्रेसका नेता तीर्थ पसखल, नेपाली कांग्रेस काभ्रे कुन्ताबेसीका नेता अच्युत पौडेल लगायतका व्यक्तिहरुको विषेश उपस्थितिमा हजारौंको संख्यामा उपस्थित रहेको नागरिकहरुको बीचमा शिलान्याश कार्यक्रम भएको थियो ।  
मन्दिर निर्माणको लागि महायज्ञ समेत लगाइएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.