विपद् व्यवस्थापन सम्बन्धी गोष्ठी सम्पन्न

स्थानीय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी ३ दिने अभिमुखिकरण गोष्ठि हिजो समापन भएको छ । चौतारा नगरपालिकाको आयोजना र  जनहित ग्रामीण सेवा समिति र अक्सफमको सहजिकरणमा चौतारामा गोष्ठि सम्पन्न भएको हो ।
चौतारा नगरपालिकाका कार्यकारी प्रमुख भुवनेश्वर लामिछानेले विपद् व्यवस्थापन कसरी गर्न सकिन्छ र विपद्मा परेका प्राणीहरुको उद्धार गर्ने विषयमा प्रष्ट पार्दै भावी योजना तथा विपद् न्यूनिकरण सम्बन्धी विषेश प्रशिक्षण दिनुभएको थियो । गोष्ठिमा  विपद् वा विपद्बाट हुनसक्ने हानी र त्यसलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने बारेमा विषेश छलफल गरिएको थियो ।
चौतारा नगरपालिका स्तरीय भएको उक्त गोष्ठीमा नगरपालिका भित्र रहेका राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला र गैर सरकारी संस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो ।
विपद् पश्चात पुनर्लाभको व्यवस्थासँगै पुनस्र्थापना गर्न सकिने कुराहरुमा केन्द्रीत रहेर गरिएको उक्त गोष्ठीले नगरपालिका भित्रका सबै वडाहरुमा वडा स्तरीय विपद् व्यवस्थापन सम्बन्धी योजना समेत तर्जुमा गर्ने निर्णय भएको छ ।
कात्तिक महिना भित्र नगरपालिकाको ९ वटै वडामा वडा स्तरीय भेला गराई विपद् व्यवस्थापन न्यूनिकरण सम्बन्धि विभिन्न कार्यक्रमहरु गर्ने समेत निर्णय भएको छ ।


Lokpriyasamachar@. Powered by Blogger.