समाज रुपान्तरणमा गिरी

समाज रुपान्तरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठूलोसिरुवारीको नेतृत्व महिलाले गर्नुभएको छ । ठूलोसिरुवारी गाविसमा हिजो भएको संस्थाको आठौं साधारण सभाले शान्ति गिरीलाई संस्थाको अध्यक्षमा निर्वाचित गरेको हो ।

कुल ७ सय ७५ शेयर सदस्य रहेको सहकारी संस्थाको हिजो भएको साधारण सभाले उपाध्यक्षमा रामप्रसाद चौलागाई, सचिवमा लोकबहादुर विक र कोषाध्यक्षमा टिकाबहादुर श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ भने सदस्यहरुमा देवकी भण्डारी गिरी, जमुना थापा र कल्पना दुलाललाई निर्विरोध निर्वाचित गरेको छ ।
जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवीप्रसाद दुलालको प्रमुख आतिथ्यतामा भएको उक्त साधारण सभाले कृष्णबहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत निर्विरोध निर्वाचित गरेको छ । लेखा समितिको सदस्यहरुमा नवराज तामाङ र सुजता गौतमलाई निर्विरोध गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि देवीप्रसाद दुलालले सहकारीको सिद्धान्त र नीति नियम अनुसार काम गर्न सफल रहेको समाज रुपान्तरण सहकारीप्रति स्थानीयको विश्वास बढ्दै गएको बताउनुभयो । उहाँले सहकारी ऐन सिद्धान्त, नीति र नियमावली अनुसार काम गर्ने सहकारी पुरस्कृत हुने र सहकारी सिद्धान्त विपरित काम गर्ने सहकारी संस्थाहरु कार्वाहिमा पर्ने नीति सरकारले अवलम्वन गर्न लागेको बताउँदै सरकारले नयाँ ल्याउन लागेको नीतिमा एक व्यक्ति एक सहकारीको अवधारणा समेत आएको बताउनुभयो ।
उहाँले नीति निर्देशिका र नियमको पालना नगर्ने सहकारीहरु वास्तविक सहकारी नभएको र त्यस्ता संस्थाहरु केवल देखाउनको लागि मात्र स्थापित भएको हुँदा सहकारी सिद्धान्त र नीति अनुरुप सञ्चालन गराउन शेयर सदस्यहरुको महत्वपूर्ण भूमिका रहने भएकोले उक्त भूमिका निर्वाह गर्न समेत शेयर सदस्यहरुलाई आग्रह गर्नुभयो ।
विषेश अतिथिको रुपबाट बोल्दै सेतीदेवी  माविका प्रअ हरिविक्रम नेपालले सहकारी संस्थाहरुबाट शैक्षिक क्षेत्रमा योगदान पु¥याउँदै आएको उल्लेख गर्दै गाविसमा रहका विद्यालयहरुलाई खाजा कार्यक्रम सञ्चालन गर्न समेत सहकारी संस्थाले महत्वपूर्ण भूमिका खेलेको हुँदा सहकारी विकासको लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
कृष्णबहादुर थापाको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन सुजता गौतमले गर्नुभएको थियो भने स्वागत मन्तव्य रामप्रसाद चौलागाईले राख्नुभएको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.