दोषीमाथि कडा कार्वाहि हुने

जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका डाक्टर सुरेन्द्र चौरसियाले नागरिकको स्वास्थ्य माथि खेलवाड गर्ने जोकोहीलाई पनि दोषी ठहर भेटिएमा कडा भन्दा कडा कार्वाहि गरिने कुरा बताउनुभएको छ ।
अस्पतालको लापरवाहिका कारण चौतारा नगरपालिका ४ का वर्ष ८४ की सन्तमाया तामाङको मृत्यु भएको  भनि मृतकका आफन्तहरुले अस्पतालमा लापरवाहि गर्नेहरुलाई कार्वाहिको माग गर्दै शव बुझ्न नमानेपछि डा. चौरसियाबाट त्यस्तो भनाई आएको हो ।
मृतकका छोरी पानमाया तामाङले आफ्नो आमा विरामी भएर इमर्जेन्सीमा लगेको र इमर्जेन्सीमा उपचारको लागि डाक्टरलाई बोलाउनु भन्दा अहेवले आलटाल गरेको र समयमा डाक्टर नबोलाइदिँदा आफ्नी आमाको मृत्यु भएको बताउनुभयो ।
उहाँ लगायत उपस्थित उहाँका आफन्तहरुले अहेवलाई तत्काल कार्वाहि गर्नुपर्ने, इमर्जेन्सीमा समयमै उपचार नगर्ने डाक्टरलाई कार्वाहि गरिनुपर्ने लगायतका मागहरुको विषयमा प्रष्ट पार्दै इमर्जेन्सीमा ३ मिनेट भित्रै डाक्टर पुगेको समेत बताउनुभयो ।
डा. चौरसियालेले घटनाको छानविन गर्ने र दोषी देखिएमा दोषीमाथि कार्वाहि गर्ने समेत प्रतिवद्धता जनाउनुभएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.