डडुवामा प्राथमिक उपचार प्रशिक्षण

सिन्धुपाल्चोक जिल्ला ठूलोसिरुवारी गाविस डडुवामा प्राथमिक उपचार सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम भएको  छ ।
इमर्जेन्सी मेडिसिन सम्बन्धि नेपालको पहिलो डाक्टर तथा शिक्षण अस्पताल महाराजगञ्जका सहप्राध्यापक रमेशकुमार महर्जनबाट प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण दिइएको थियो ।



प्रशिक्षण कार्यक्रममा प्रशिक्षकहरुलाई प्राथमिक उपचारको विषयमा शिक्षा दिँदै डाक्टर मर्हजनले मानव उत्पति कसरी भयो भन्ने विषयमा सहभागिहरुलाई जानकारी गराउनुभएको थियो । उहाँले समयमा प्राथमिक उपचार गराउन सकेको खण्डमा धेरै मानिसहरु खतराबाट मुक्त हुने बताउँदै विकासोन्मुख देशहरुमा घटनामा परेको मध्ये ३५ देखि ४० प्रतिशत सम्मका मानिसहरु प्राथमिक उपचारबाट ज्यान जोगाउने गरेका छन् भन्नुभयो । उहाँले विषालु जन्तुहरुबाट टोकेमा तत्काल ध्यान पु¥याउनु पर्ने, बेहोशमा रहेको मानिसहरुलाई प्राथामिक उपचारबाट होशमा ल्याउने तथा घटना घटेको स्थानबाट अस्पतालसम्म लैजाने बिचमा पु¥याउन पर्ने उपचारको बारेमा समेत प्रष्ट पार्नुभयो ।
सामुदायिक स्वास्थ्य इकाई केन्द्र डडुवाका अध्यक्ष नेत्रबहादुर बस्नेतले भूकम्प पछि ग्रामिण क्षेत्रको मानिसहरुको अवस्था झनै पीडा हुदै गएको र कुनै पनि समाज विकासका स्रोत साधनहरु गाउँ गाउँमा भन्दा बजार शहर केन्द्रित हुँदा सदरमुकामको नजिक रहेरपनि यस्तै स्वास्थ्य सेवाबाट बञ्चित नागरिकहरुलाई प्राथमिक उपचार सम्बन्धि प्रशिक्षण दिने कार्य गरेकोमा नाडेम सेन्टर बालकुमारी परिवारलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।
 डडुवा भवानी शंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक बद्रिप्रसाद नेपालले यसरी गाउँ गाउँमा आएर स्वास्थ्य सेवाबाट टाढा रहेका स्थानीयबासीहरुलाई प्राथामिक स्वास्थ्य उपचार सम्बन्धि प्रशिक्षण दिने कार्यक्रम राखेर गाउँका नागरिकहरुलाई प्राथमिक स्वास्थ्य उपचार सम्बन्धि ज्ञान हासिल गराउन सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चले प्रेरणा दिएकोमा धन्यवाद दिँदै नेत्रज्योती कृषि सहकारी संस्थाले यसप्रति पहल गरेकोमा सहकारी संस्थाको समेत प्रशंसा गर्नुभयो ।
गाउँ–गाउँमा आएर यसरी प्रशिक्षण दिएकोमा नाडेम परिवार प्रति विशेष आभार व्यक्त गर्दै यो प्रशिक्षणबाट कतिको ज्ञान हासिल भयो भनेर मूल्याङकन समेत गर्नुपर्ने आवश्यकता रहेको प्रष्ट पार्नुभयो ।  
कार्यक्रममा नेत्रज्योती कृषि सहकारी संस्थाका अध्यक्ष इन्द्रबहादुर पुरी लगायत ४९ जनाको सहभागिता रहेको थियो । सामुदायिक स्वास्थ्य केन्द्र नजिकै रहेको डडुवाको मूलधारा शिव मन्दिरको प्राङ्गणमा    भएको उक्त कार्यक्रममा सहभागि ४० जनालाई प्राथमिक उपचार सम्बन्धी सामग्री समेत वितरण गरिएको थियो ।  ठूलोसिरुवारी गाविसको सबैभन्दा पिछडिएको क्षेत्र माझी वस्ती, झोलङ्गे वडा नं. ९ का माझीहरुलाई समेत प्राथमिक उपचार सम्बन्धी प्रशिक्षणमा सहभागि गराइएको थियो । यसरी आफूहरु यस्तो प्रशिक्षण कार्यक्रममा सहभागि हुन पाउँदा खुसी लागेको सहभागि सूर्य माझीले बताउनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.