सदरमुकामको फोहोर व्यवस्थापन सुरु

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा नगरपालिकाको फोहोर हिजोदेखि संकलन गरी व्यवस्थापनको तयारी गर्न थालिएको छ ।
चौतारा नगर सुधार समितिबाट गठित फोहोरमैला व्यवस्थापन उपसमितिले उक्त व्यवस्थापन गर्न लागेको हो । 




नगर सुधार समितिका अध्यक्ष नेत्रबहादुर बस्नेत, सल्लाहकार कृष्णबहादुर ठकुरी, सुन्तली ढुङ्गेल, समितिका सचिव लुमडीबहादुर पौडेल, कोषाध्यक्ष रुपा कपाली, सदस्यहरु चन्द्रबहादुर घले, लालबहादुर घले लगायतको उपस्थितिमा फोहोरमैला व्यवस्थापन उपसमितिका संयोजक तथा नगर सुधार समितिका उपाध्यक्ष विष्णुबहादुर उप्रेतीको संयोजकत्वमा फोहोर संकलन गरिएको हो ।
फोहोर संकलन गर्ने क्रममा नगरवासीहरुले नगर सुधार समितिको अभियानको स्वागत गर्दै निरन्तरताका लागि आफूहरुले गर्नुपर्ने सहयोग गरि नै रहने जनाएका थिए ।
चौतारा बजारका व्यापारी रामकाजी बस्नेतले यसरी फोहोरमैला व्यवस्थापन गर्दा नगरवासीलाई ठूलै राहत उपलब्ध भएको बताउनुभयो । होटल गौरीशंकरका अर्जुन सापकोटाले नगरपालिका भइसकेपछि पनि फोहोरमैला व्यवस्थापनमा यसले गरेको सहयोगको प्रशंसा गर्नुभयो । फोहोरर्मैला संकलनको क्रममा फोहोरमैला ढुवानी गर्न सवारी साधन सानो भएको प्रसंगमा समितिका अध्यक्ष बस्नेतले चौतारा नगरपालिकाका कार्यकारी अधिकृतसँग समन्वय गरेर यसको निकासा खोज्ने बताउनुभएको छ ।
फोहोरमैला व्यवस्थापन उपसमितिका संयोजक उप्रेतीले कहिँकतैबाट सहयोग प्राप्त भएन भनेपनि आफ्नो उपसमितिले ठूला सवारी साधान भाडामा लिएर भएपनि फोहोर संकलन गरी व्यवस्थापन गर्ने बताउँदै आफूले चालेको कदम आफ्नो व्यक्तिगत मात्र नभएर सम्पूर्ण नगरवासी तथा जिल्लावासीकै चासोको विषय भएकोले आफ्नो यो अभियानलाई सहयोग पु¥याउन सबैसँग आग्रह गर्नुभयो ।
फोहोरमैला व्यवस्थापनको लागि समाजसेवी नेत्रप्रसाद दंगालले नगर सुधार समितिलाई जग्गा उपलब्ध गराउनुभएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.