थकनी र बाँसवारीमा एकीकृत वस्ती

गत वर्ष वैशाख १२ गतेको भूकम्पले सर्वाधिक मानवीय भौतिक क्षति पुर्रुयाएको सिन्धुपाल्चोकमा धमाधम एकीकृत बस्ती बन्न थालेका छन् ।
मेलम्ची नगरपालिका–८ मा धुर्मुस–सुन्तली फाउन्डेसनले एकीकृत नमुना बस्ती निर्माण गरी जिल्लाको शोभा बढाएपछि सिन्धुबासी थप उत्साहित भएका हुन् ।

गिरान्चौरमा ६५ घर एकीकृत स्वरूपमा एकैसाथ निर्माण भएपछि मेलम्ची नगरपालिकाअन्तर्गतकै साविक बाँसबारी गाविसको वडा नम्बर ९ थाक्लेमा पनि एकीकृत बस्ती निर्माण हुन लागेको हो ।
थाक्लेमा ४० घरहरू एकीकृत स्वरूपमा निर्माण हुन लागेको स्थानीय कृष्णगोपाल तामाङले जानकारी दिनुभयो । ‘एकीकृत बस्ती नहुँदा सिन्धुपाल्चोकले भूकम्पमा सर्वाधिक क्षति बेहो¥यो । त्यसैलाई मध्यनजर गर्दै हामीले एकीकृत बस्ती बनाउन लागेका हौँ,’ उहाँले भन्नुभयो । बस्ती निर्माणमा कतैबाट सहयोगको आश्वासन नआए पनि सरकारले दिने आवास अनुदानबाटै निर्माण गरिने उनको भनाइ थियो ।
‘भूकम्पपीडितका लागि भनेर जिल्लामा कार्यक्षेत्र बनाएर अनेक संघ÷संस्था लागिपरेका छन्, उनीहरूसँग पनि कुराकानी त भइरहेको छ, सहयोगको लागि अपिल पनि गरेको छौँ । कतैबाट सहयोग जुटेन भने सरकारले उपलब्ध गराउने रकमबाटै भए पनि एकीकृत बस्ती बनाउँछौँ,’ उहाँले प्रष्ट्याउनुभयो ।
उहाँले एकीकृत बस्ती अहिले अपरिहार्य भएको र अब बन्ने बस्तीहरू एकीकृत नै हुनुपर्ने दाबी गर्नुभयो ।
थकनीमा पनि एकीकृत बस्ती बन्ने
भूकम्पबाट क्षतिग्रस्त बनेको सिन्धुपाल्चोककै थकनी गाविस–३ अमलेमा पनि एकीकृत बस्ती निर्माण गर्न स्थानीयले पहल थालेका छन् ।
भूकम्पबाट शतप्रतिशत क्षति बेहोरेको अमलेमा एकीकृत बस्ती बनाउन त्यहाँका पीडितहरू समिति नै निर्माण गरेर लागि परेका छन् । ‘सडकमार्गको समीपमा रहेको यो बस्ती एकीकृत रूपमा बनाउन सकियो भने आवासका लागि मात्र नभइ पर्यटकीय गन्तव्यको रूपमा पनि विकास गर्न सकिन्छ,’ स्थानीय विनोद खनालले भन्नुभयो, ‘बस्ती एकीकृत मात्र नभइ वातावरण, पर्यावरण अपांगतामैत्रीसमेत हुनेछ ।’
समितिको संयोजकसमेत रहेको खनालले भन्नुभयो, ‘बस्ती निर्माण गर्न कुनै संघरसंस्थाले सहयोगको बचन त दिएका छैनन् । कतैबाट सहयोग नपाए पनि सकारको अनुदान रकमबाटै हामी एकीकृत बस्ती निर्माण गर्छौं  ।’
सरकारले आवास अनुदान व्यवस्थापन गर्न नसक्दा सिन्धुपाल्चोकका कतिपय गाविसका पीडितहरूले पहिलो किस्तावापतको पचास हजार अनुदानसमेत पाउन सकेका छैनन् । ‘हामीले पहिलो किस्तावापतको ५० हजार रकमसमेत पाउन सकेका छैनौं,’ खनालले अगाडि भन्नुभयो, ‘सरकारको मात्रै बाटो हेरेर बस्दा घर निर्माण नहुने भयो ।’
उहाँले बस्ती निर्माणका लागि जग्गा एकीकृत बनाउने काम भइसकेको बताउँदै केही महिनामै निर्माण सुरु गरिने जानकारी समेत दिनुभयो । अमलेमा ४० घर एकीकृत रूपमा बन्ने पनि उहाँले जानकारी दिनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.