रोग लाग्नै नदिन सतर्क हुनुपर्नेः चौरसिया

नेपाल सरकारले कुनैपनि नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भनेर समयमा नै उपचारका विधिहरु अवलम्बन गरेको र रोग लाग्नै नदिन विभिन्न किसिमका प्रयोगात्मक कार्यहरु समेत अगाडि ल्याएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख डा. सुरेन्द्रप्रसाद चौरसियाले बताउनुभएको छ ।

उहाँले रोग लाग्नै नदिने प्रक्रिया अपनाउनुपर्ने विषयमा सतर्क लिनुपर्ने भन्दै सरकारले यस विषयमा आवश्यक सूचनामूलक कार्यक्रमहरु गर्दै आएको र यस सन्दर्भमा नागरिकहरु पनि सचेत रहनुपर्ने जरुरी रहेको बताउनुभयो ।

उहाँले कण्डम दिवसको अवसरमा सिन्धुपाल्चोक जिल्लाको चौतारा बसपार्कमा आयोजित कार्यक्रममा बोल्दै उक्त कुरा बताउनुभएको हो ।
कण्डमको सहि प्रयोग गर्न जानेनौं भने विभिन्न समस्या हुने बताउँदै यसबाट हुने फाइदाहरुको बारेमा प्रष्ट पार्नुभयो । उहाँले आफूले चाहे अनुसारको सन्तान उत्पादन गर्न तथा एचआइभी जस्ता मानवघाती रोग लाग्नबाट समेत बचाउन एकमात्र उपाय कण्डम प्रयोग रहेको उहाँले बताउनुभयो । प्रत्येक वर्षको कोजाग्रत पूर्णिमाको पछिल्लो शनिबार मनाउँदै आएको कण्डम दिवस हिजो चौताराको बसपार्कमा एक कार्यक्रमको बीच उपस्थिति सहभागिलाई कण्डम वितरण गरेर मनाइएको हो ।
‘दोहोरो सुरक्षाको लागि कण्डमको सहि प्रयोग गरौं’ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटिका जिल्ला सभापति राजेन्द्रमान ताल्चाभँडेलले जिल्लामा सबैभन्दा पहिले मेलम्चीमा देखा परेको एचआइभी रोगको विषयमा पछि अन्य व्यक्तिसँग परिक्षण गर्दा विभिन्न खाले टिकाटिप्पणी भएतापनि रेडक्रसले विभिन्न वहानामा रक्त संकलन गरी उक्त रोगको परिक्षण गरेको प्रष्ट पार्दै यस्ता रोग लाग्न नदिन कण्डम प्रयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सामुदायिक हेरचाह केन्द्रका कर्मचारी अनिल खड्का, जिल्ला स्वास्थ्य कार्यालयका एचआइभी एड्स रोग सम्बन्धी सम्पर्क व्यक्ति बलिराम यादव लगायतले कण्डम प्रयोग बारे जानकारी गराउनुभएको थियो भने नेपाल रेडक्रस सोसाइटीका राजकुमार लम्सालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.