प्रेस सेन्टरको ‘संवाहक’ विमोचन

प्रेस सेन्टर सिन्धुपाल्चोकले प्रकाशन गरेको मुखपत्र संवाहकको विमोचन गरिएको छ । दसैं, तिहार, नेपाल संवत् र छठको अवसरमा आयोजित चियापान कार्यक्रममा पूर्वसूचना तथा सञ्चारमन्त्री अग्निप्रसाद सापकोटाले मुखपत्रको विमोचन गरेका हुन् । संवाहकमा जिल्लाका पत्रकार, राजनीतिक व्यक्तित्व र सामाजिक क्षेत्रसँग आवद्ध हुनेको लेख रचनालाई समेटिएको छ ।

कार्यक्रममै प्रेस सेन्टर सिन्धुपाल्चोकलाई पाँच आना जग्गा दान गर्ने चौतारा पुरानो बजार निवासी नारायणदेवी प्रधानलाई सम्मान गरिएको थियो । स्वर्गीय पति हेमबहादुरको स्मृतिमा उहाँले जग्गा दान गर्नुभएको थियो ।
दसैंतिहार सकिएपछि सो जग्गामा सेन्टरको भवन बनाउन सुरु गरिने अध्यक्ष जीवन श्रेष्ठले बताउनुभयो । सेन्टरको स्वामित्व रहने उक्त जग्गामा भवन निर्माणका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग सहयोग मागिने छ । चियापान कार्यक्रममा राजनीतिक दल, पत्रकार र विभिन्न संघसंगठनका प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमलाई सेन्टरका सचिव अशोक पराजुलीले संचालन गर्नुभएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.