नगर सुधार समितिको अधिवेशन सम्पन्न, अध्यक्षमा बस्नेत

नगर सुधार समिति चौताराको साधारण सभा तथा अधिवेशन शनिबार चौतारामा सम्पन्न भएको छ ।
चौतारा नगरपालिका घोषणा भएसँगै स्थापित रहेको उक्त नगर सुधार समितिले केही दिनभित्रै चौतारा नगरपालिका सरसफाई अभियान, शुद्ध खानेपानी व्यवस्थापनको कार्यक्रम सञ्चालन गर्ने भएको छ ।


साधारण सभाले लोकप्रिय समाचार दैनिकका प्रकाशक नेत्रबहादुर बस्नेतलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । पदेन सदस्यहरु बाहेक साधारण सभाले निर्वाचन गर्नुपर्ने ९ सदस्यीय कार्य समितिमा अध्यक्षमा नेत्र ब. बस्नेत, उपाध्यक्षमा विष्णुप्रसाद उप्रेती,  कोषाध्यक्षमा रुपा कपाली, सचिवमा लुमडीबहादुर पौडेल,  सह–सचिवमा चन्द्र बहादुर घले निर्विरोध निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा हिमाली सिलवाल सापकोटा, कृपा श्रेष्ठ, लालबहादुर श्रेष्ठ, दिपक थापा निर्विरोध निर्वाचित हुनुभएको छ । साधारण सभाले कृष्णबहादुर ठकुरीको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकार समितिमा हरिशरण पुरी, यमबहादुर खत्री, दिलबहादुर श्रेष्ठ, सुन्तली ढुङ्गेल सदस्य रहनुभएको छ ।
साधारण सभाले सामुदायिक टेलिभिजन र रेडियो सञ्चालन गरेर नगरवासीहरुलाई सूचनाको पहुँच पु¥याउने निर्णय भएको समेत समितिका सचिव लुमडीबहादुर पौडेलले जानकारी दिनुभयो । आगामी केही दिन भित्रै चौताराको फोहोर संकलन गरी सुरक्षित स्थानमा फोहोरमैला व्यवस्थापन गर्ने, खानेपानीको नियमित आपूर्ति गराउन पहल गराउनुको साथै नगर सुधार समितिले नगरवासीहरुको लागि खानेपानीको आवश्यक व्यवस्था समेत मिलाउने निर्णय भएको समेत पौडेलले जानकारी गराउनुभयो ।

Lokpriyasamachar@. Powered by Blogger.