भिटामिन ए र जुकाको औषधि खुवाइँदै

सरकारले बालबालिकाहरुका लागि भिटामिन ए र जुकाको औषधि खुवाउन शुरु गरेको छ ।
सिन्धुपाल्चोकका प्रत्येक गाविसमा स्वास्थ्य इकाई कार्यालयहरु मार्फत र स्वास्थ्य स्वयम्सेविकाहरु मार्फत समेत भीटामिन ए र जुकाको औषधी खुवाइएको छ । जिल्लाको प्रत्येक स्वास्थ्यचौकी तथा  सामुदायिक स्वास्थ्य इकाई लगायत स्वास्थ्य स्वयम्सेविकाहरुको सभागितामा घरदैलो अभियान समेत सञ्चालन गरिएको थियो ।

हिजो र आज दुई दिन देशैभर पाँच वर्ष मुनीका बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न गाउँहरुमा यसरी भीटामिन ए र जुकाको औषधी खुवाइएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत ५ बर्ष मुनिका बालबिालकालाई अनिवार्य रुपमा भिटामिन ए र जुकाको औषधी खुवाउन जिल्लाका सबै स्वास्थ्यकर्मी तथा सर्वसाधारणलाइए आह्वान समेत गरेको छ ।
भिटामिन ए कार्यक्रमका लागि देशैभर स्वास्थ्य स्वयंसेविकाहरु खटाइएको र जिल्लामा पनि पर्याप्त मात्रामा स्वास्थ्य स्वयम्सेविकाहरु खटाइएको जिल्ला स्वास्थ्य कार्यालयका रोहित खड्काले जानकारी दिनुभएको छ ।
भिटामिन ए को कमीले भविष्यमा बालबालिकामा रतन्धो कुपोषण, दादुरा लगायतका रोग लाग्ने भएकाले सरकारले हरेक वर्ष भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आएको छ । सन १९९८ देखि बार्षिक रुपमा दुई पटक यो कार्यक्रम संचालन गरिँदै आएको छ ।
आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य चौकी वा घरघरमा आउने महिला स्वास्थ्य स्वयमसेविका मार्फत भिटामिन ए र जुकाको औषधी खुवाउन सकिनेछ ।

,
Lokpriyasamachar@. Powered by Blogger.