कुखुरा पालन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

जिल्ला पशु सेवा कार्यालय सिन्धुपाल्चोकले पशुपालक कृषकहरुकोहरुको लागि विभिन्न समयमा  विभिन्न खालका प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यहि कार्यक्रम अन्तर्गत हिजो पशु स्वास्थ्य नियमन कार्यक्रम अन्तर्गत कुखुरा पालन सम्बन्धी विषेश प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रशिक्षण कार्यक्रममा वरिष्ठ पशु विकास अधिकृत शिवबहादुर केसीले पशु स्वास्थ्य नियमन कार्यक्रम अन्तरगत पशु औषधि पसल, पशुपंक्षी फार्म, ह््याचरी, मासु पसल, वध स्थल, वधशालाको तथ्याङ्क व्यवस्थापन गरी प्रतिवेदन पेश गर्ने, पशु स्वास्थ्य नियमन कार्यक्रम अन्तरगत पशु औषधि तथा जैविक पदार्थको भण्डारण सम्बन्धि व्यवस्थाको अनुगमन निरिक्षण गर्ने लगायतका कार्यक्रम अन्तर्गत कुखुरा पालन तथा त्यसको व्यवस्थापन र कुखुरा पालन गर्दा ध्यान पु¥याउनुपर्ने विषयवस्तुहरु, त्यसमा लाग्ने रोग र उपचारका विषयहरु लगायतको विषयमा प्रशिक्षण दिनुभएको थियो ।
पशु चिकित्सक डा. अर्जुनप्रसाद तिमल्सिनाले पशुपंक्षिमा लाग्ने रोग तथा नियन्त्रण सम्बन्धी विषेश ध्यान दिनुपर्ने कुराहरुमा प्रकाश पार्नुभएको थियो ।
पशु सेवा कार्यालयका लालमणि अर्यालले सञ्चालन गर्नुभएको कार्यक्रममा पशु विकास अधिकृत पदमबहादुर कार्की लगायतले पशु विकास सम्बन्धी कार्यक्रमहरुबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा जिल्लाका तीनवटा निर्वाचन क्षेत्रका प्रतिनिधिहरु गरी २० वटा संस्थाका प्रतिनिधिहरुले प्रशिक्षण लिएका थिए । यसैबीच बैदेशिक रोजगार पीडित परिवारहरुलाई बाख्रा पालन सम्बन्धी तालिम समेत दिइएको थियो ।
होटल  गौरीशंकरमा भएको कार्यक्रममा पशु विकास कार्यालयका पशु चिकित्सक अर्जुनबहादुर खड्काले चार दिने बाख्रापालन तालिम कार्यक्रममा सहभागि प्रशिक्षार्थीलाई बाख्रा पालन सम्बन्धी विषयमा विशेष प्रशिक्षण दिनुभएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.