पशुसेवाको कार्यक्रम सार्वजनिक

जिल्ला पशु सेवा कार्यालय सिन्धुपाल्चोकले हिजो एक कार्यक्रमको आयोजना गरी पशुसेवा कार्यक्रमको स्वीकृत कार्यक्रम सार्वजनिक गरेको छ ।

जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत शिवबहादुर केसीले प्रस्तुत गर्नुभएको कार्यक्रममा पशुसेवा तथा प्रसार कार्यक्रम, सहकारी खेती फलोअप कार्यक्रम, पशु आहारा सेवा कार्यक्रम, पशु विकास सेवा कार्यक्रम, पशु नष्ल सुधार राष्ट्रिय अभियान कार्यक्रम, व्यवसायिक बाख्रा प्रवद्र्धन राष्ट्रिय अभियान कार्यक्रम, गाई, भैंसी, चौरी, भूकम्प प्रभावित पशुपंक्षि पुनस्र्थापना तथा जिविकोपार्जन कार्यक्रम, युवा लक्षित बंगुरपालन कार्यक्रम, युवा लक्षित व्यवसायिक बाख्रा प्रवद्र्धन कार्यक्रम, अण्डामा आत्मनिर्भर तथा पारिवारिक स्तरमा पोषण, सुरक्षाको लागि ग्रामीण कुखुरा प्रवद्र्धन कार्यक्रम, अण्डामा आत्मनिर्भर तथा पारिवारिक स्तरमा पोषण सुरक्षाको लागि ग्रामीण कुखुरा प्रवद्र्धन कार्यक्रम, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोष, एकल विपन्न महिला लक्षित पशुपालन आत्मनिर्भर कार्यक्रम लगायतको स्वीकृत कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो ।
जिल्ला पशु सेवा कार्यालय सिन्धुपाल्चोकले ‘दिगो पशुपंक्षिजन्य उत्पादनको माध्यमले मुलुकलाई खाद्य तथा पोषणमा आत्मनिर्भर बनाई उच्च आर्थिक वृद्धि हासिल गर्ने’ मुख्य लक्ष्य रहेको र पशुपंक्षि  क्षेत्रको दिगो विकासद्वारा खाद्य सम्प्रभु र सम्वृद्ध नेपालको सोच राखिएको समेत केसीले  जानकारी गराउनुभयो । साथै आगामी ३ वर्ष भित्र पशुजन्य पदार्थमा आत्मनिर्भर बनाउने योजना रहेको समेत प्रष्ट पार्नुभयो ।
विशेष गरी स्वच्छ मासु उत्पादन तथा विक्री, घाँस उत्पादन तथा पशुपालन व्यवसाय तथा आत्मनिर्भरताको लागि कार्यक्रमलाई प्राथमिकता दिएको थियो । विषेश गरी पशु कसरी उत्पादन गर्ने पशुपंक्षीको संरक्षण कसरी गर्ने, यसको दीर्घकालिन विकास कसरी गर्ने भन्ने विषयमा समेत प्रष्ट पारिएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.