कुखुरापालन सम्बन्धी प्रशिक्षण

जिल्लाका कुखुरापालकहरुबीच खुला आत्मनिर्भरता कार्यक्रम अन्तर्गत कुखुरापालन सम्बन्धी प्रशिक्षण कार्यक्रम आज सम्पन्न हुने भएको छ ।

जिल्ला पशु सेवा कार्यालयका पशु विकास अधिकृत पदमबहादुर कार्कीको संयोजकत्वमा भएको उक्त कार्यक्रममा अण्डा उत्पादन, व्यवस्थापन, कुखुराको रोग सम्बन्धी जानकारी, उपचारको विधि लगायत विषयहरुमा प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षण कार्यक्रममा वरिष्ठ पशु विकास अधिकृत शिवबहादुर केसी, पशु चिकित्सक अर्जुनबहादुर खड्का, पशु स्वास्थ्य प्राविधिक लालमणी अर्याल, पशु सेवा प्राविधिक शान्ता खनाल लगायतले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणमा जिल्लाका ३ वटै निर्वाचन क्षेत्रका कुखुरापालक कृषकहरुको व्यापक सहभागिता रहेको थियो ।    

,
Lokpriyasamachar@. Powered by Blogger.