न्यायिक काम गर्दै प्रहरी

आम नागरिकहरुमा शान्ति सुरक्षाको महत्वपूर्ण भूमिका खेल्न सफल रहेको सुरक्षा निकायमध्ये नेपाल प्रहरीको स्थापना भएको ६१ वर्ष पूरा गरेको छ । सोही अवसरमा नेपाल प्रहरीले देशभरी आफ्नो ६१ औं स्थापना दिवस मनाइरहँदा सिन्धुपाल्चोकमा पनि बिहीबार एक समारोहका बीच प्रहरी दिवस मनाइएको छ ।
विजया दशमी २०७३ को अवसर समेत पारेर प्रहरी दिवस कार्यक्रम अन्तर्गत हिजो नारायणथान लगायत सिन्धुपाल्चोकको विभिन्न क्षेत्रमा सरसफाईको कार्यक्रम समेत आयोजना गरिएको थियो ।
२०१२ सालमा स्थापना भएको प्रहरी सेवाले नेपालीहरुको सुरक्षाका साथै  विभिन्न न्यायिक कार्यहरु गर्दै आएको छ । पछिल्लो समयमा सामुदायिक प्रहरी, प्रहरी मेरो साथी जस्ता नागरिकसँग समन्वयता राख्ने खालका कार्यक्रम गर्दै प्रहरीले आफ्नो उपस्थिति प्रत्येक नागरिकलाई देखाइसकेको छ । विजया दशमीको पूर्व सन्ध्यामा भएको यस्तो कार्यक्रमले जि

ल्लामा चाडबाडको समयमा हुने अशान्ति, होहल्लालाई समेत नियन्त्रणमा लिन थप बल पुगेको छ ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जिल्लाका प्रत्येक गाउँ गाउँ वस्ती वस्तीमा शान्ति सुरक्षा उपलब्ध गराउनु प्रहरीको पहिलो दायित्व भएकोले यो दायित्व निर्वाह गर्न नागरिकहरुको अति महत्वपूर्ण भूमिका रहने हुन्छ । त्यो भूमिका पूरा गर्नको निमित्त आ–आफ्नो छर छिमेकमा निशेधित मादक पदार्थ प्रयोग गरी समाजमा होहल्ला गर्ने, समाजको शान्ति सुरक्षालाई खलल पु¥याउने कुनैपनि कार्य हुन नदिन र भइहाले नजिकको प्रहरीलाई तुरुन्त खबर गर्न समेत सचेत नागरिकहरुसँग जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यलयमा मनाइएको प्रहरी दिवसमा बोल्दै प्रमुख अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले प्रत्येक वर्ष मनाईने प्रहरी दिवसले नागरिक बीचमा सदभाव, एकता र भाईचारा सम्बन्ध स्थापित हुने बताउनुभयो । उहाँले प्रहरी मेरो साथी कार्यक्रमले नागरिकहरु समक्ष प्रहरीको उपस्थिति दरिलो रहेको र यसले देशको शान्ति सुरक्षालाई समेत सहज ढंगबाट सहयोग पु¥याएको महसुस व्यक्त गर्दै प्रहरीले यो तेरो यो मेरो नभनि न्यायिक काम गरिरहेको स्पष्ट पार्नुभयो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रविन्द्र केसीले विगतमा नागरिकले प्रहरीलाई हेर्ने गरेको दृष्ट्रिकोणमा अहिले परिवर्तन भएको बताउँदै हिजो प्रहरीलाई केही नागरिकहरुले कतै काम नपाएर प्रहरीमा जागिर खाएका भन्ने समेत हल्ला फैलाइन्थ्यो र प्रहरी र जनताको बीच केही तत्वहरुले फाटो ल्याउने प्रयास गर्दथे तर  प्रहरी र नागरिक बीचको समन्वय र प्रहरीले गरेका व्यवहार र कामका कारण पछिल्लो समयमा प्रहरी धेरै लोकप्रिय भएको बताउनुभयो ।
उहाँले नजिकिँदै गरेको विजयादशमीको समयमा हुनसक्ने सम्भावित कार्यलाई हेरेर सतर्क रही आम नागरिकलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन लागि परेका जिल्ला प्रहरी कार्यालय मातहतका सबैलाई धन्यवाद दिँदै विजयादशमीको बेला प्रत्येक नागरिकलाई प्रहरीको दरिलो उपस्थिति देखाउन समेत आग्रह गर्नुभयो ।
प्रहरी दिवसमा भूपू प्रहरी सेना संगठनका अध्यक्ष लोकबहादुर पुरीले पहिला पहिला प्रहरीले पु¥याएको सेवा भन्दा अहिले प्रहरीले पु¥याएको सेवामा समय अनुकूल हुँदै जाँदा विगतमा भन्दा वर्तमान स्थितिमा प्रहरी बढी संयन्त्रीत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्थानीय विकास अधिकारी कृष्ण बहादुर शाही, प्रहरी अनुसन्धान प्रमुख हरिकुमार श्रेष्ठ, नेपाली सेना र सशस्त्र प्रहरीका प्रमुख, पूर्व प्रहरी संगठनका जिल्ला अध्यक्ष, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु लगाएतका स्थानीय स्तरका बुद्धिजिवि एवम् समाजसेवीहरुको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय परिसरमा भएको कार्यक्रमको सभापतित्व प्रहरी उपरिक्षक केसीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन प्रनानी खम्बध्वज खड्काले गर्नुभएको थियो । कार्यक्रममा प्रहरी नायव उपरिक्षक श्यामकृष्ण अधिकारीले उपस्थितिलाई स्वागत मन्तव्य राख्नुभएको प्रहरी निरिक्षक केदार बस्नेतले जानकारी दिनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.