प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण
सिन्धुपाल्चोक जिल्ला सदरमुकाम नजिकै रहेर पनि स्वास्थ्य सेवाको पहुँचमा कमि रहेका ठूलोसिरुवारी गाविसवासीहरुलाई प्राथमिक उपचार सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम आज हुने भएको छ ।
त्यस्तै बज्रयोगिनी अपाङ्गमैत्री सहकारी संस्था लिमिटेडका अध्यक्ष चतुरबहादुर तामाङले यसरी ग्रामीण क्षेत्रमा आई प्राथमिक स्वास्थ्य उपचार सम्बन्धी प्रशिक्षण दिन लागेकोमा खुसी लागेको बताउनुभयो ।
उक्त प्रशिक्षण कार्यक्रम नाडेम सेन्टर बालकुमारीले आयोजना गर्न लागेको हो ।