संक्रमित व्यक्तिका बालबालिकालाई सहयोग

मिर्मिरे समूह चौताराले एचआइभी संक्रमित व्यक्तिहरुका बालबालिकालाई शैक्षिक सामग्री तथा दिपावलीको अवसरमा खाद्यान्न वितरण गरेको छ ।

मिर्मिरे समूहका अध्यक्ष किपक तामाङ र कोषाध्यक्ष सविना श्रेष्ठको नेतृत्वमा हिजो सिन्धुपाल्चोक जिल्लाको ठूलोसिरुवारी, साँगाचोक, भीमटार, मेलम्ची लगायतका क्षेत्रहरुमा उक्त सामग्री वितरण गरेको हो ।
१४ वर्षिक बालक विनय कार्की (साल्सबर्ग अष्ट्रिया)ले आफ्नो पकेट मनीबाट १ हजार यूरो मिर्मिरे समूहलाई सहयोग गरेकोमा  १४ महिनाको जग्गाभाडा तिरी बाँकी रहेको रकम बालबालिकाको लागि खाद्यान्न सहयोग गरिएको हो । मिर्मिरे समूहले प्रोजेक्ट नभएपनि आफ्नै आर्थिक सहयोगमा विगत १८ महिनादेखि चौतारा घलेगाउँमा बारीको पाटा भाडामा लिई ३ वटा टेन्ट मार्फत एचआइभी संक्रमितहरुको लागि निःशुल्क औषधी उपचार र खान बस्नको व्यवस्था गर्दै आएको छ ।  
त्यसैगरी चौतारा निवासी आकृती घले,  रोहित शर्मा, सुजता सापकोटा र मेलम्ची निवासी सुमन दुलालको आर्थिक सहयोगमा १५ जना बालबालिकालाई कापी, कलम र टिफिन बक्स  वितरण गरिएको थियो ।
समूहले एड्सको अवस्थामा पुगिसकेका विरामीहरुलाई आयु लम्ब्याउने (एआरभी) औषधी गाउँमै उपलब्ध गराएको समूहका अध्यक्ष तामाङले बताउनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.