ठूलोसिरुवारीमा प्राथमिक उपचार

सिन्धुपाल्चोक जिल्लाको ठूलोसरिुवारी गाउँ विकास समिति अन्तर्गत ठूलोसिरुवारी, डडुवामा प्राथमिक उपचार सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नाडेम सेन्टर बालकुमारीको आयोजनामा सामुदायिक वातावरण तथा संरक्षण मञ्चको सहजिकरणमा नेत्रज्योती कृषि सहकारी संस्थाको सहयोगमा उक्त कार्यक्रम गरिएको थियो । कार्यक्रममा शिक्षण अस्पताल महाराजगञ्जका सहप्राध्यापक डा. सुरेन्द्र महर्जनले प्रशिक्षण दिनुभएको थियो भने लोकप्रिय समाचार दैनिकका प्रकाशक तथा नेत्रज्योती कृषि सहकारी संस्थाका सचिव नेत्रबहादुर बस्नेतले नागरिक समन्वय गर्र्नुभएको थियो ।




Lokpriyasamachar@. Powered by Blogger.