जुवाको रकम मन्दिर र वृद्धाश्रमलाई

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले चाडबाडको समय पारेर विषेश सुरक्षाको आयोजना गरेपछि विगतका वर्षहरु भन्दा यस वर्ष कुनै पनि अप्रिय घटना घटेन । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट विजया दशमीमा बढी भीडभाड हुने स्थान, बसपार्क, बैंकहरु तथा सार्वजनिक संस्थाहरुमा सादा पोशाकका सुरक्षाकर्मीहरु खटिएका कारण पनि जिल्लामा अप्रिय घटना नघटेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले हिजै चाडबाडको समयमा जुवा खेलिरहेका खेलाडीहरुबाट बरामद गरेको रकम वृद्धाश्रम र मन्दिर निर्माणको लागि दिने खेलाडीहरुको बचन अनुसार उक्त रकम हस्तान्तरण गरेको छ ।

प्रहरी नायव उपरीक्षक  रामकृष्ण अधिकारीले एक कार्यक्रमको बीच जुवा खेलिरहेको स्थानबाट पक्राउ परेका जुवाडे र उनीहरुको साथबाट बरामद् भएको रकम समेत सार्वजनिक गराई १४ हजार ६ सय १५ रुपैंया वृद्धाश्रमलाई र १४ हजार ६ सय १५ रुपैंया पीपलडाँडामा निर्माणाधीन रहेको भगवती मन्दिरनिर्माण गर्नको लागि रकम हस्तान्तरण गरिएको छ ।
प्रहरी सुराकीको आधारमा पीपलडाँडामा जुवा खेलिरहेको थाहा पाएपछि प्रहरीले पक्राउ गरी एक दिन एक रात हिरासतमा लिएर अब आइन्द जुवा नखेल्ने, नखेलाउने शर्तमा कागज गरी छोडिएको प्रहरी निरिक्षक योगराज खतिवडाले जानकारी गराउनुभयो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले फरार अपराधिहरु पक्राउ गर्ने कार्यलाई समेत निरन्तरता दिएको छ । जस अनुसार सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे ४ धार्पाका भिमनारायण लामाका छोरा दिपक लामालाई सिन्धुपाल्चोक र भक्तपुरबाट छुट्टाछुट्टै ठगि मुद्धामा परेर जम्मा ९ वर्ष ११ महिना ५ दिन कैद भुक्तानी र ७ लाख ५० हजार जरिवाना असुल गर्न फैसला भएका फरार कैदी जिल्ला प्रहरी कार्यालयका सुराकीको आधारमा असोज ३० गते पक्राउ परेको समेत खतिवडाले जानकारी दिनुभयो ।

Lokpriyasamachar@. Powered by Blogger.