विद्यालयमा प्राथमिक उपचार तालिम

भूकम्प गएको १९ महिना पूरा भएको छ । तर त्यसको पराकम्पन भने अझै जारी छ । भूकम्पले क्षती मात्र गरेन । त्यसले धेरै पाठ सिकाएको छ । मानिसलाई विपद्को तयारी अवस्थामा रहनु पर्ने बाध्यता सिर्जना गरेको छ । अहिले चौतर्फी भूकम्प लगायत विपद् व्यवस्थापनको चटारो छ ।

त्यस्तै सिन्धुपाल्चोकको क्षेत्र नं. ३ हेलम्बुमा सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र शत्रुभञ्जन गुल्म, मेलम्चीको समन्वय र एक्सनएड नेपालको सहयोगमा विपद् व्यवस्थापन तयारी अन्र्तगत माध्यामिक विद्यालय तहमा आधारभुत विपद् ब्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी अभिमुखीकरण भएको छ । मेलम्ची नगरपालिका २ को तेर्से, महाँकालको सरस्वती, ईचोकको महेन्द्र, किउलको भुमेश्वरी र हेलम्बुको गोल्मादेवी माध्यामिक विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालय ब्यवस्थापन समितिका सदस्यहरुलाई उक्त तालिम प्रदान गरिएको थियो ।
विपद्को पुर्व तयारीको लागि उद्दार र प्राथमिक उपचार गर्ने जनशक्ती तयार पर्ने उद्देश्यले गरिएको तालिममा विपद्मा परेका ब्यक्ति र घाईतेलाई कसरी उद्दार र उपचार गर्ने भन्ने विषयमा अभ्यास गरिएको थियो । साथै उक्त विद्यालयमा संस्थाले उद्दार तथा प्राथमिक उपचार सामग्री उपलब्ध गराएको छ । संस्थाले सोही विद्यालयमा विपद् जोखिम ब्यवस्थापन योजना निर्माण पश्चात उक्त तालिम दिइएको थियो । विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागीतामा निर्माण गरेको विद्यालय तहको विपद् जोखिम ब्यवस्थापन समिति निर्माण गरी उनिहरुको संयोजनमा विपद् जोखिम ब्यवस्थापन योजना निर्माण गरेका हुन् ।

Lokpriyasamachar@. Powered by Blogger.