गाविस सचिवहरुलाई मतदाता नामावली संकलनको जिम्मेवारी

लोकप्रिय रिपोर्टर/स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले प्रत्येक गाउँ विकास समिति तथा नगर वडा समितिका सचिवहरुलाई निर्वाचनको कार्यावधीभर सहायक नाम दर्ता अधिकारीको रुपमा पनि कार्य गर्न जिम्मेवारी दिइएको बताउनुभएको छ । जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकले हिजो निर्वाचन सम्बन्धी गाविस सचिव तथा नगर वडा सचिवलाई दिएको प्रशिक्षण कार्यक्रममा बोल्दै शाहीले उक्त थप जिम्मेवारी दिनुभएको हो ।



उहाँले नेपाल सरकारको कर्मचारी भएपछि सरकारले अराए खटाएको काम गर्नुपर्ने परिस्थिति भएकाले थप कार्य गर्न कसैले पनि कञ्जुस्याँइ गर्न नहुने समेत बताउनुभएको छ । उहाँले प्रत्येक गाविस र नगरपालिकाहरुमा २÷२ प्रति नामावली सहित पठाइएको हुँदा सो नामावलीमा छुटेका र दावी विरोधका समेत कार्यक्रमहरुको बारेमा स्थानीयहरुसँग समन्वय गरी कार्यक्रम गर्न समेत निर्देशन दिनुभयो ।
निमित्त प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाल, शसस्त्र प्रहरीका एसपी सुन्दर खड्का, जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरे, गाविस हकहित केन्द्रका अध्यक्ष दुर्गा ढुङ्गेल  लगायत सरकारी प्रमुखहरुको उपस्थितिमा प्रत्येक गाउँ विकास समितिका सचिव तथा नगर सचिवहरुलाई  जिल्ला निर्वाचन अधिकृत रक्ष्मी पौडेलले प्रशिक्षण दिनुभएको थियो । उहाँले प्रशिक्षण दिँदै नामावली दर्ता संकलन, फोटो संकलन लगायतका कार्यक्रमहरु गर्दा अपनाउनुपर्ने विषयहरुमा समेत प्रष्ट पार्नुभएको थियो ।
उहाँले प्रत्येक गाउँ विकास समिति तथा नगर वडा समितिका सचिवहरुलाई स्थानीय सहायक नाम दता अधिकृतको रुपमा नियुक्ति दिँदै नाम दर्ताको लागि आवश्यक पर्ने कागजातहरुको विषयमा समेत प्रष्ट्याउनुभएको थियो ।
नेपाल सरकारले चैत्रमै स्थानीय निर्वाचन गराउने तयारी गरेपछि निर्वाचन आयोगले पनि यसको तयारी सुरु गरेको हो । यहि तयारी स्वरुप सिन्धुपाल्चोकमा पनि निर्वाचनको लागि तयारी स्वरुप फोटोसहितको  मतदाता नामावली दर्ता कार्यक्रम सुरु गरिएको छ ।

Lokpriyasamachar@. Powered by Blogger.