गौरातीमा भक्तजनको भीड

नेत्र बस्नेत/चौतारा-
विगतका वर्षहरुमा भन्दा यस वर्ष गौराती मेलामा हजारौंको संख्यामा भक्तजनहरु आएका छन् । हिजोसम्म मात्र झण्डै १५ हजार भन्दा बढीले दर्शन गरेको गौराती मेला व्यवस्थापन समितिले जनाएको छ ।
हिजो दिउँसो गुठीयारले पूजा लगेपछि वली चढाउन बन्द गरिएको हुँदा अझ वली चढाउने भक्तजनहरु धेरै बाँकी रहेको अनुमान समितिले गरेको छ । हिजो दिउँसो मध्यान्नसम्मको उपस्थिति संख्या हेर्दा झण्डै २५ हजार भन्दा बढीले गौराती मेला भर्ने अनुमान रहेको छ ।









गौराती मेला भर्न आएका भक्तजनहरुलाई तत्कालिन उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालयले प्राथमिक उपचार केन्द्र समेत स्थापना गरेको थियो । प्राथमिक उपचार केन्द्रले मेला भर्न जाने भक्तजनहरुलाई निःशुल्क औषधीको समेत व्यवस्था गरेको थियो ।  
टाउको दुखेर रिङ्गाटा लागेर बेहोस बन्न पुगेका ठूलोसिरुवारीका सुनिल धिमालकोटीलाई प्राथमिक उपचार गर्दै जिल्ला स्वास्थ्य कार्यालयका  सुनिल केसीले प्रायः बालबालिका र वृद्धहरुले प्राथमिक उपचार सेवा लिएका बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकबाट केसीको नेतृत्वमा अमृतकुमार बस्नेत, सरला राई, कल्पना बस्नेत, केशव नापित लगायतका स्वास्थ्यकर्मीहरुले प्राथमिक उपचार केन्द्रमा सेवा दिइरहनुभएको छ ।
गौराती मेला भर्न आउनुभएका ज्यामिरेका लक्ष्मण तामाङले आफू वर्षैपिच्छे आउने गरेको र यहाँको मन्दिरमा आएर दर्शन गरेपछि घरमा कुनै रोगव्याधीले नसताएको विश्वास व्यक्त गर्दै वालीनालीमा समेत राम्रो भएको बताउनुभयो । तामाङले यस वर्ष सबैभन्दा धेरै मानिस देखिएको समेत बतानुभयो ।
त्यस्तै ठोकर्पाकी दुर्गादेवी न्यौपानेले आफू ६० वर्ष पुगेको र पोहोर भुकम्पको कारण नआएको तर प्रायः वर्ष सधैं आएको र यस वर्षजस्तो धेरै मानिस कहिले नदेखेको समेत बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयबाट गरिएको बलियो सुरक्षको कारण स्वास्थ्य शिविर तथा विभिन्न सुविधाको कारण पनि गत वर्षहरु भन्दा यस वर्ष बढी भक्तजनहरु आएको अनुमान स्थानीयले गरेका छन् ।

Lokpriyasamachar@. Powered by Blogger.