दोलालघाटमा रक्तदान कार्यक्रम

रक्तदान नै जीवन दान हो भन्ने उद्देश्यका साथ आयोजना गरिएको दुलाललेश्वर बातावरणिय तथा समाज सेवा क्लवकोले हिजो दोलालघाटमा रक्तदान कार्यक्रम सम्पन्न गराएको छ ।


नेपाल रेडक्रस सोसाईटी काभ्रेको  प्राविधीक सहयोगमा संचालित उक्त कार्यक्रमलाई दुलालेश्वर साकोस उधमशिल साकोस, स्ट्याण्डर साकोस, दोलालघाट साकोस तथा सिंहदेवी कृषि साकोसले प्रायोजन गरेको थियो । आयोजक, प्रायोजक तथा दोलालघाटमा अवस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारीहरु र युवा युवतीहरु सहित ३२ जनाले रक्तदान गरेको  क्लवका उपाध्यक्ष उद्वव खरेलले बताउनु भयो ।
करिव १ सय २० जना इच्छुक दाताहरुले स्वास्थ प्रतिकूलको कारण इच्छा हुँदाहुँदै पनि रक्तदान दिन नपाइ फर्कनुभएको   सचिव प्रेम श्रेष्ठले बताउनु भयो । सेवा नै धर्म हो भन्ने बिचारका साथ हामीले गरेको सानो सहयोग र थोरै रगतले कसैले जीवन दान पाउने यस्तो पुन्य कार्य सफल भएकोमा क्लवका अध्यक्ष  अष्टबहादुर श्रेष्ठ अत्यन्त हर्षित हुनु भएको थियो ।
यसरी सबैको साथ र सहयोग पाए जीवनमा लिएका सामाजिक उद्देश्यहरु पूरा गर्न कुनै कठिनाइ नहुने अनुभव बताउनु हुन्छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.