नदी किनाराका वस्तीहरु जोखिममा

बाह्रबिसे/सिन्धुपाल्चोक जिल्लाको उत्तरी भागमा पर्ने नदी किनाराका वस्तीहरु झन् जोखिममा पर्दै गएका छन् । जथाभावी रुपले क्रसर उद्योग सञ्चालन गरेर गिटी बालुवा विक्री विरतण गर्ने कार्यले गर्दा उक्त वस्तीका मानिसहरु जोखिममा परेका हुन् ।
भूकम्प र बाढी पहिरोको कारण जोखिममा परेका वस्तीलाई क्रसर सञ्चालकहरुबाट झन् जोखिममा पु¥याएको हो ।

निमाणर््ाधिन १०२ मध्यभोटेकोशी जलविद्युत आयोजनाले गैरकानुनी रुपमा क्रसर सञ्चालन गरी खोलाको ढुङ्गा, बालुवा उत्पादन गरी सो आयोजनामा प्रयोग गर्दै आएको छ ।
मध्यभोटेकोशीको दिन प्रतिदिन आयोजनाको नाममा त्यस क्षेत्रमा विभिन्न कारणबाट वस्तीलाई जोखिम पार्ने कार्यहरु गरी रहेको भोटेकोशी नदि उत्खनन् एवम् नियन्त्रण उपभोक्ता समिति बाह्रबिसेका सचिव हेमन्त श्रेष्ठले जानकारी दिनुभयो ।  उहाँले जनतालाई विभिन्न आशा देखाएर जर्वस्ती जग्गाहरु प्रयोग गर्ने पहिला आश्वसन दिने पछि आस्वासन मात्र सीमित राखि दादागिरी शैलीमा काम गर्ने गरेको बताउनुभयो ।
आयोजनबाट निस्किएको फोहोरहरु समेत जथाभावी खोलामा फाल्ने र त्यस फोहोरको कारण नदिको सतह माथि उठी स्थानीय वासिन्दालाई विभिन्न रोगको त्रास समेत उत्पन्न गराएको र धेरै जोखिम बढेको छ ।
गत असार २१ गतेको भोटेकोशी बाढिले बाह्रबिसे बजारदेखि माथि तातोपानीसम्म धेरै धनजनको क्षेति पु¥याएको थियो भने बाढिको कारण त्यस क्षेत्रमा खोलाको सतह ५–६ मिटर माथि आएर सयौँ घरहरु उच्च जोखिम परेका छ । त्यसमाथि झन क्रसर सञ्चालक तथा जलविद्युत आयोजनाले थप जोखिम बनाउँदा जनताहरु त्रासित भएका छन् । स्थानिय प्रसाशन र सम्बन्धी निकाय भने मौन छ श्रेष्ठले बताउनुभयो ।
जथाभावी नदिकिनारामा उत्खनन गरी त्यस क्षेत्रमा जोखिम बनाएको र कुनै पनि स्वीकृती नलिई विना आयोजनाले उक्त कार्य सञ्चालन गरिरहेको जिल्ला प्रसाशनमा र स्थानिय स्तरमा स्थानिय समाजिक व्यक्तित्वहरुले आवाज उठाए पछि सो आयोजनाको क्रसर सञ्चालनमा रोक लगाएको छ । तर फोहोर फाल्ने काम र जथाभावी उत्खनन गर्ने कार्य चाँहि छैन ।
उक्त कार्य तत्काल रोक्न श्रेष्ठले सम्वन्धित निकायमा जानकारी गराएको र तत्काल यसरी अनैतिक काम गर्नेहरुलाई कानुनी कार्वाहि गरी स्थानीयहरुको वस्ती संरक्षणको लागि आवश्यक पहल गर्न भोटेकोशी नदि उत्खनन् एवम् नियन्त्रण उपभोक्ता समितिको तर्फबाट माग गरेको समेत श्रेष्ठले जानकारी दिनुभयो ।


Lokpriyasamachar@. Powered by Blogger.