ज्योती भञ्ज्याङमा विपद् जोखिम गोष्ठी

ज्योती भन्जागं आधारभुत विद्यालय दुवाचौरमा विपद् जोखिम व्यवस्थापन योजना निर्माण गोष्टी बुधबार देखि  सूरु भएको छ । यस कार्यक्रमको सुरु विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दोर्जे तामाङ्गंले गर्नुभएको हो ।
आजको कार्यक्रममा सहजकर्ता रामकुमार दाहालले विपद् के हो ? विपद्  व्यवस्थापन कसरी गर्ने ? भन्ने बारे छलफल भएको थियो । यो दुई दिने गोष्टिले विद्यालय स्तरीय विपद् व्यवस्थापनको योजनाको खाका तयार पार्नेछ । यो योजना नेपाल सरकार ,शिक्षा मन्त्रालयको निर्देशिका अनुसार तयार गर्न लागिएको हो । यो अभियानको लागि कारितास स्विजरल्यान्ड मार्फत ,सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चले सहयोग गरेको छ  ।
बाल सुधार मावि, पाल्चोक आधारभुत विद्यालय ,सृजना आधारभुत , कोलेचौर आधारभुत विद्यालय ,ज्योति भन्ज्यागं आधाभुत विद्यालयमा ,विद्यालयको विपद् व्यवस्थापन योजना निर्माण गर्ने कार्यक्रम रहेको ,सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चका कार्यक्रम संयोजक इच्छाराम सापकोटाले जानकारी दिनुभयो ।


Lokpriyasamachar@. Powered by Blogger.