बाल अधिकार दिवस सम्पन्न

अन्तराष्ट्रिय वाल अधिकार दिवस विभिन्न कार्यक्रम गरी हिजो देशैभर मनाईएको छ ।
यसै सन्दर्भमा सिन्धुपाल्चोक जिल्लामा पनि विभिन्न कार्यक्रम गरी अन्तराष्ट्रिय बाल अधिकार दिवस मनाइएको छ ।
ठूलोसिरुवारी गाउँ वाल संरक्षण समितिले गाविस भित्र रहेका प्रत्येक विद्यालयहरुमा विभिन्न कार्यक्रम गरी बालअधिकार दिवस मनाएको छ भने गाउँ वाल संरक्षण समितिका अध्यक्ष शिव केसीको उपस्थितिमा सेतीदेवी मावि कोटडाँडामा हाजिरीजवाफ प्रतियोगिता समेत गरिएको थियो ।


गाउँ वाल संरक्षण समितिका सचिव लालबहादुर श्रेष्ठले गाविसभरीका प्रत्येक विद्यालयहरुमा विद्यालय आफैले विभिन्न कार्यक्रम गरी अन्तराष्ट्रिय वाल अधिकार दिवस मनाउने निर्णय गरेकोले सबै विद्यालयहरुले आ–आफ्नो तरिकाले उक्त कार्यक्रम गरेको र उक्त कार्यक्रम गरे वापत प्रथम, द्वितीय र तृतीय हुनेलाई गाउँ वाल संरक्षण समितिबाट पुरस्कारको समेत व्यवस्था गरिएको बताउनुभयो ।
यसैबीच साँगाचोक गाउँ वाल संरक्षण समितिले हिजो एक विशाल ¥यालीसहित विविधि कार्यक्रम गरेर बाल अधिकार दिवस मनाएको छ । ११ सय भन्दा बढी विद्यार्थीहरु सहभागि भएको ¥यालीको नेतृत्व गाउँ वाल संरक्षण समितिका अध्यक्ष पदमप्रसाद पराजुलीले गर्नुभएको थियो । ¥याली पश्चात वक्तृत्वकला प्रतियोगिता, मेमोरी टेष्ट प्रतियोगिता, म्युजिकल चियर प्रतियोगिता भएको थियो ।
गाविसमा रहेका १६ वटा सामुदायिक विद्यालय मध्ये १४ वटा विद्यालयको सहभागिता रहेको थियो भने नीजि विद्यालयहरुको पनि सहभागिता रहेको थियो ।
माध्यमिक स्तरमा अध्ययनतर विद्यार्थीहरुबीच वक्तृत्वकला प्रतियोगिता भएको थियो । वक्तृत्वकला प्रतियोगितामा भीमसेन माध्यमिक विद्यालयका जमुना श्रेष्ठ प्रथम, जनविकास माविका प्रजित गिरी द्वितीय, जनजागृती माविका प्रमिला राना र रामदेवी माविका जानुका कार्की तृतीय हुनुभएको छ ।
त्यस्तै मेमोरी टेष्ट प्रतियोगितामा नमूना जनविकास आधारभूत निमाविका प्रतिक्षा क्षेत्री प्रथम, जनज्योती निमाविका नविन गिरी द्वितीय,   सुकुटे निमावि आधारभूत विद्यालयका मिरा केसी , जनजागृतीका स्मिता योञ्जन, रामदेवीका स्वस्तीका खड्का र सनराइज बोर्डिङ स्कूलका अर्पण गिरी तृतीय हुनुभएको थियो ।
त्यसैगरी म्युजिक चियर प्रतियोगितामा कालिका आधारभूत विद्यालयका हिराकाजी लामा प्रथम, भीमसेन माविका सरिता गिरी द्वितीय र जनजागरण प्राविका स्वस्थानी भुजेल तृतीय हुनुभएको थियो । गाउँ वाल संरक्षण समिति साँगाचोकको आयोजनामा भएको उक्त कार्यक्रममा सबै प्रतियोगिहरुमा प्रथम हुनेहरुलाई १ हजारका दरले, द्वितीय हुनेहरुलाई ७ सयका दरले र तृतीय हुनेहरुलाई ५ सयका दरले नगद पुरस्कार समेत वितरण गरिएको थियो । गाविस स्तरीय शक्ति समूहले पुरस्कार वितरणको लागि सहजिकरण गरेको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.