आज भगवान सत्य साईको जन्मदिन

श्री सत्य साई केन्द्र सिन्धुपाल्चोकले गत वर्षहरु जस्तै यसपटक पनि भगवान सत्य साईको जन्मोत्सव कार्यक्रम गर्ने भएको छ । श्री सत्य साइ केन्द्र सिन्धुपाल्चोकले आज साइबाबाको प्रसाद वितरण गर्ने केन्द्रका संस्थापक अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो ।

२०६० सालमा स्थापना गरी हालसम्म निरन्तर प्रसाद वितरण गर्दैै आएको केन्द्रका अध्यक्ष श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार साइको ९१ औं जन्मोत्सव २३ तारिख बुधवार आज पर्ने भएकोले जन्मोत्सवको उपलक्ष्यमा प्रसाद ग्रहण गर्न सबैलाई आग्रह गर्नुभएको छ । ‘यो धर्तीमा जब–जब अधर्म बढ्दै जान्छ तब–तब भगवानको अवतरण हुने गरेको सत्य साइको भगवानको अवतरणको ९१ औं जन्मोत्सवको सुखद अवसरमा प्रसाद वितरण गर्न लागिएको हो’, श्रेष्ठले भन्नुभयो ।
‘मानिसका मनमा रहेका देशभक्ति र त्यागको भावना अनि उनीहरुको अध्यात्मिक दृष्टिकोणबाट नै राष्ट्रको रक्षा हुन्छ’, ‘क्षमाशिलता नै सत्य, धर्म, वेद, अहिंसा, अनि सुख हो र आफैमा स्वर्ग हो’, विश्ववधुत्व बढाउन चाहनेले सबै प्राणीमा एउटै परमात्मा विद्यमान छ भन्ने चेतनाको विकास गर्नु पर्दछ’, मानवले दैवप्रीति, पापभीति र सङ्गनीतिको विकास गर्नु पर्दछ भन्ने खालका सन्देशहरुले सार्थकता पाएको केन्द्रका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.