एम्बुलेन्स चालकलाई प्राथमिक उपचार प्रशिक्षण

लोकप्रिय रिपोर्टर/चौतारा-
इमर्जेन्सी मेडिसिन सम्बन्धि नेपालको पहिलो डाक्टर तथा शिक्षण अस्पताल महाराजगञ्जका सहप्राध्यापक रमेशकुमार महर्जनबाट कात्तिक ११ गते  शनिबार चौतारामा जिल्लाभरीका एम्बुलेन्स चालकहरु जम्मा पारेर प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण दिइने भएको छ ।

नाडेम सेन्टर बालकुमारीको आयोजना र सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च र लोकप्रिय समाचार दैनिकको संयोजनमा गर्न लागिएको उक्त कार्यक्रममा जिल्लाभर सञ्चालन रहेका २५ भन्दा बढी एम्बुलेन्स चालकहरु, एम्बुलेन्स सञ्चालक समितिका पदाधिकारीहरुलाई प्रशिक्षण दिइने कार्यक्रम रहेको छ ।
प्रशिक्षण पश्चात एम्बुलेन्सलाई आवश्यकिय सामग्री समेत वितरण गरिने सहप्राध्यापक महर्जनले बताउनुभयो । यसअघि ठूलोसिरुवारी गाविसमा पनि ४० जना भन्दा बढीको सहभागितामा प्राथमिक उपचार सम्बन्धी एकदिने प्रशिक्षण सम्पन्न भएको थियो ।  

Lokpriyasamachar@. Powered by Blogger.