३६ औं विश्व खाद्य दिवस मनाइयो

लोकप्रिय रिपोर्टर/चौतारा-
कृषि प्रधान देशको रुपमा परिचित रहेको हाम्रो देश नेपालमा कृषि सेवा प्रति आत्मनिर्भर बनाउनको निमित्त अझै धेरै संघर्षहरु गर्न बाँकि रहेको स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले बताउनुभएको छ ।
उहाँले सबै मिलेर कृषि क्षेत्रमा आवश्यकता अनुसार पर्याप्त मात्रामा बजेटको व्यवस्था गरी उत्पादनमूलक कार्यमा लगानी गर्नुपर्ने विषयमा औंल्याउँदै खेतियोग्य जमिनहरु बाँझै बसेर खेर जानु र स्थानीय नागरिकले बाह्य उत्पादन खाद्यान्न किनेर खानुपर्ने अवस्थाबाट टाढा रहन कृषि विकासमा सबै लागि पर्नुपर्ने समेत बताउनुभएको छ ।




उहाँले उक्त कुरा जिल्ला कृषि विकास एलाएन्स र कृषि विकास कार्यालयबाट आयोजना गरिएको ३६ औं विश्व खाद्य दिवस समारोहको सभापतित्वको आसनबाट बोल्दै बताउनुभएको हो । ‘भइरहेछ जलवायु परिवर्तन, गर्नुछ खाद्य र कृषिमा अनुकूलन’ भन्ने मूल नाराका साथ हिजो देशैभर विश्व खाद्य दिवस मनाइएको छ ।
यसै सन्दर्भमा सिन्धुपाल्चोकमा पनि जिल्ला कृषि विकास कार्यालय तथा कृषि विकास एलाएन्सले ३६ औं विश्व खाद्य दिवस एक समारोहका बीच मनाएको छ ।
प्रेसचोक चौताराबाट सुरु भएको ¥यालीले उब्जनी बढाऔं, सन्तुलन खाना खाऔं, बढी जोगाऔं, बढी उत्पादन गरी सवैलाई खाद्य पु¥याऔंं, बढी उत्पादन गरी खाद्य सुरक्षा गरौं, पु¥याऔं न्यूनतम् भोजन, बढाई खाद्य उत्पादन, जोगाऔं वन, बढाऔं उत्पादन, अनि हट्छ गरीवपन, सुधार्न पोषण भोजनको, बढाऔं उत्पादन माछाको , उत्थान गरी साना किसानको, गरौं कृषि बिकास देशको, आधारभूत आवश्यकता पु¥याउन कटिबद्ध छौंहामी सारा, उठ ग्रामीण युवा उठ, तिम्रो पनि हो यो अभिभारा, गरौं वातावरण संरक्षण, बढाऔं खाद्य उत्पादन, सोच बिचार गरी भविष्यको, बढाउँदै जाऔं खाद्य उत्पादन देशको, रुखले दिन्छ सुख, खाद्य तथा पोषण, प्राकृतिक विविधताको सदुपयोग र संरक्षण गरौं जल संरक्षण र सदुपयोग नै जीवनको आधार,

सबैको लागि आहार, जीवनको मुख्य आधार लगायतका नारा सहितको जुलुसले सदरमुकाम बजार परिक्रमा गरी जिल्ला विकास समितिको सभाहलमा गएर औपचारिक कार्यक्रम सुरु गरेको थियो ।
निमित्त प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको सभापतित्व कृषि विकास एलाएन्सका संयोजक एवम् स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लगायत विभिन्न संघसंस्थाहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा जिल्ला स्तरमा राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कारले किसानलाई पुरस्कृत समेत गरिएको थियो । यसरी पुरस्कृत हुनेहरुमा रोज बहादुर भण्डारी जेठल ७, तुल कुमार राई हैबुङ १ र दिनेश सिग्देल भोटेचौर १ रहनुभएको छ भने विश्व खाद्य निवन्ध प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेहरुलाई समेत पुरस्कृत गरिएको थियो । यसरी पुरस्कृत हुनेहरुमा सरस्वती चौलागाई मेलम्ची ३ प्रथम, अर्जुन प्रसाद चौलागाई भोटेचौर १ द्वितिय, गंगा तामाङ चौतारा ५ तृतिय र विमला सुन्चउरी ठोकर्पा २ सान्त्वना रहनुभएको छ ।
त्यस्तै जिल्ला कृषि विकास एलायन्स सिन्धुपाल्चोक द्वारा ३६ औं विश्व खाद्य दिवसको अवसरमा उत्कृष्ठ कृषक लाई समेत पुरस्कार वितरण गरिएको थियो ।  यसरी पुरस्कृत हुनेहरुमा दोकदोक तामाङ थाम्पालकोट २, केदार न्यौपाने भिमटार १, विष्णु गिरि दुवाचौर ८, मोहन बहादुर बोहरा टेकानपुर ८, भोक बहादुर भण्डारी पेटकु ८, झम्क बहादुर महत साँगाचोक १, ठुलीकान्छी तामाङ सुनखानी ५, कृष्ण बहादुर मिजार पांग्रेटार २,  देउकुमारी शाक्य अत्तरपुर ८ रहनुभएको छ ।
कार्यालयको आ.व. २०७३।७४ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार उत्कृष्ठ कृषक, कृषक समुह, कृषि सहकारी लाई पनि पुरस्कार वितरण गरिएको छ । जसमा श्री लप्से कृषि सहकारी संस्था लि.कदमबास १, श्री उग्रचण्डी छयाङसिङ कृषक समुह लिस्ती ४, श्री ढाँडखोला एकिकृत बाली ब्यबस्थापन कृषक समुह मेलम्ची ११, श्री महिला जनजागरण कृषक समुह ईर्खु ६, श्री जाजागृती कृषक समुह फुल्पीङकोट ४, श्री चौतारा हाट बजार व्यवस्थापन समिति चौतारा ३, श्री ठुलीमाई तामाङ चौतारा ८, श्री पदम बहादुर खडका कालीका ९, श्री मित्रलाल चौलागाई भोटेचौर १, श्री शशिकुमार शाक्य अत्तरपुर ८, श्री लेखनाथ खतिवडा मेलम्ची १२ रहनुभएको नायव प्राविधिक सहायक मुकुन्द शर्माले बताउनुभयो ।
कार्यक्रममा पूर्व सभासद् तथा सुकुम्वासी समस्या समाधान आयोगका अध्यक्ष डोल्मा तामाङ, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक जिल्ला शाखाका अध्यक्ष युवराज पुरी, गैरसरकारी संस्थाका उपाध्यक्ष तथा टुकी संघका कार्यकारी अधिकृत ज्ञानेन्द्र पौडेल, सम्मानित कृषक मित्रलाल चौलागाई लगायतले मन्तव्य राख्दै कृषि विकासमा पर्याप्त सहयोगको आवश्यकता रहेको बताउनुभएको छ ।
कृषि विकास कार्यालयका प्राविधिक सहायक टिकाप्रसाद काफ्लेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सहकारी एवम् कृषिसँग सम्बन्धित सरोकारवालाहरुको उपस्थिति रहेको थियो । वरिष्ठ कृषि विकास अधिकृत हिक्मतकुमार श्रेष्ठले विश्व खाद्य दिवस सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.