निजामती कर्मचारी संगठनको अधिवेशन सम्पन्न

लोकप्रिय रिपोर्टर/चौतारा
नेपाल निजामती कर्मचारी संगठन सिन्धुपाल्चोककोे नवौं जिल्ला अधिवेशन हिजो चौतारा बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ ।
अधिवेशनको उद्घाटन गर्दै एमालेका बैकल्पिक केन्द्रीय सदस्य प्रेमलकुमार खनाल ले कर्मचारीहरु राष्ट्र सेवक हुन् उनीहरुले जनताको मन जितेर सेवा दिनुपर्ने बताउँदै निर्वाचन ताका मात्रै राजनीतिक भाषा प्रयोग गर्ने वानि बसाल्नुपर्ने बताउनुभयो । उहाँले सबै कर्मचारी सबैको साझा हुने भएकोले सरकारी सेवा सुविधा प्रदान गर्ने क्रममा सबैलाई समान व्यवहार गर्न सक्यो भने मात्र निजामति कर्मचारी संगठनको वास्तविक सदस्य हुने बताउनुभयो ।

अधिवेशनमा निजामति संगठनका केन्द्रीय सहकोषाध्यक्ष बखतबहादुर खड्का, नेकपा एमाले ३ नं. प्रदेश सदस्य एवम् पूर्व माननीय सुभाष कर्माचार्य, जिल्ला कमिटि अध्यक्ष झम्क नेपाल, पेशागत महासंघ जिल्ला अध्यक्ष डम्बरबहादुर श्रेष्ठ, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ केन्द्रीय सदस्य टोपबहादुर थापा, नेकपा एमाले कर्मचारी इन्चार्ज भेषराम ढकाल, केन्द्रीय सदस्य नानीमैया बस्नेतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नवौं अधिवेशनले शहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुपाल्चोकका कृष्णबहादुर ज्ञवालीलाई सर्वसम्मत अध्यक्षको जिम्मेवारी दिइएको  छ ।
संगठनको शनिवार चौतारामा भएको नवौ अधिवेशनबाट पन्ध्र सदस्सिय नयाँ कार्य समिति चयन भएको गरेको छ ।
उपाध्यक्षमा जिल्ला हुलाक कार्यालयका ऋषिराम नेपाल, महिला उपाध्यक्षमा जिल्ला कृषि विकास कार्यालयका विनेता राई, त्यस्तै सचिवमा जिल्ला वन कार्यालयका राजेन्द्रकुमार श्रेष्ठ, सहसचिवमा जिल्ला विकास समितिका ठाकुरप्रसाद आचार्य र  कोषाध्यक्षमा कोष तथा लेखा नियन्त्रक कार्यालयका ध्यानवीर राई रहनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा जिल्ला स्वास्थ्य कार्यालयका रेजेन्द्र सुवेदी, जिल्ला हुलाक कार्यालयका कृष्णवहादुर तामाङ, जिल्ला स्वास्थ्य कार्यालयका रमा न्यौपाने, कृषि विकास कार्यालयका केदारप्रसाद धिताल, जिल्ला प्राविधिक कार्यालयका सुवोध रेग्मी, जिल्ला वन कार्यालयका भोलानाथ न्यौपाने, जिल्ला शिक्षा कार्यालयका वुद्धिनाथ उपाध्याय, जिल्ला स्वास्थ्य कार्यालयका मीना कुमारी श्रेष्ठ र जिल्ला पशु सेवा कार्यालयका जगतबहादुर विष्ट चयन हुनुभएको छ ।
संगठनको केन्द्रिय प्रतिनिधीमा जिल्ला स्वास्थ्य कार्यालयका गोविन्द थापा, कोष तथा लेखा नियन्त्रक कार्यालयका दीनविनोद घिमिरे, जिल्ला विकास समितिका कृष्णबहादुर श्रेष्ठ, जिल्ला स्वास्थ्य कार्यालयका दुर्गामाया पौडेल, जिल्ला प्राविधिक कार्यालयका क्षेत्रबहादुर थापा रहनुभएको छ ।

Lokpriyasamachar@. Powered by Blogger.