लोकप्रिय रिपोर्टर/चौतारा-
जिल्लामा रहेका सबै कार्यालय प्रमुखहरुले आफू यसै जिल्लाको स्थायी बसोबास गरेका नागरिक बराबरको दायित्व वोध गरेर जिल्ला विकासमा लागि पर्नुपर्ने कुरा प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले बताउनुभएको छ ।
उहाँले जिल्ला विकास समिति सिन्धुपाल्चोकबाट आयोजित जिल्लाको पुनर्लाभ तथा पुनस्र्थापना सहितको आधविक जिल्ला विकास योजना तर्जुमा कार्यशाला गोष्ठीमा बताउनुभएको हो ।
गोष्ठीको प्रमुख अतिथि प्रजिअ सिलवालले जिल्लाका सबै कार्यालय प्रमुखहरु ५ वर्षसम्म यस जिल्लामा स्थायी गरेर नबस्ने हुनसक्छ । कोही कार्यालय प्रमुखहरु दुई–तीन महिनामा पनि सरुवा हुन सक्छन् । तर त्यस्ता कुराहरुलाई छोडेर आफू निरन्तरता बसेर कार्यक्रम गर्ने र विकास गर्ने योजनामा छु भनेर विश्वस्त रहि विकासका योजनाको तर्जूमा गर्न कार्यालय प्रमुखहरुलाई अनुरोध गर्नुभयो ।
स्थायी विकासको लागि जिल्लामा रहेका सबै कर्मचारीहरुले योजनावद्ध तरिकाले जिल्ला विकास गर्न सक्यो भने जिल्लाको नामसँगै कर्मचारीको पनि नाम अगाडि आउने बताउँदै उहाँले आफूले अगाडि सारेको योजना योजनामा मात्र सीमित हुने गरी होइन कार्यान्वयनमा समेत सहज हुने गरी योजना तर्जुमा गर्न अनुरोध गर्नुभयो ।
जिल्ला विकास समिति सिन्धुपाल्चोकको आयोजनामा जाइकाको सहजिकरणमा आज र भोलि दुई दिन हुने पञ्चवर्षिय आवधिक योजना कार्यक्रमको सभापतित्व निमित्त स्थानीय विकास अधिकारी राजेन्द्रप्रसाद नेपालले गर्नुभएको थियो भने कार्यक्रमको स्वागत मन्तव्य जिल्ला विकास समितिका कार्यक्रम संयोजक राजुभाई श्रेष्ठले गर्नुभएको थियो ।
विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुखहरु लगायतको सहभागितामा जिविस हलमा कार्यक्रम भइरहेको छ । कार्यक्रम सञ्चालन जिविसका आन्तरिक लेखापाल अनिरुद्र नेपालले गरिरहनुभएको छ ।
जिल्लाको विकासमा सबै लाग्नुपर्नेः सिलवाल
[email protected] Powered by Blogger.
