सचिव हुमागाईको विदाई

विगत एक वर्ष अघिदेखि जिल्लाको साँगाचोक गाविस कार्यालयमा कार्यरत सचिव चेतनाथ हुमागाईलाई गाविस कार्यालयले सोमबार एक कार्यक्रमको बीच बिदाई गरेको छ ।

गाविस तथा स्थानीय राजनीतिक दल , वडा नागरिक मञ्चले सचिव हुमागाईको कार्यशैली जनता प्रति निकै राम्रो भएको, भूकम्प पछिका अनुदान सम्झौता लगायतका काममा समेत अहोरात्र खटीई जनतालाई सुविधा दिएको र जनताको काममा विहान बेलुका नभनी अहोरात्र खटिएर काम गरेको भन्दै सम्मान पत्र सहित सम्मानका साथ बिदाई गरिएको हो ।
सम्मान कार्यक्रममा साँगाचोकको लागि नयाँ सचिव चुडाँमणी पराजुली, नेपाली काग्रेंसका गाउँ ईकाई सचिव मान बहादुर बोगटी, नेकपा (एमाले) गाउँ कमिटीका साँधुराम खतिवडा, नेकपा(माओवादी) केन्द्रका गाउँ कमिटी अध्यक्ष दधिराम पराजुली, वडा नागरिक मञ्चका संयोजक, विभिन्न संघ संस्थाका प्रतिनिधी लगाएतको उपस्थिती रहेको र सचिव हुमागाईलाई विदाई पश्चात उहाँ कै घर धुलिखेलसम्म पु¥याईएको थियो । उहाँ सरुवा भई जिल्ला विकास समिति काभ्रे जानु भएको छ ।
साँगाचोक गाविसले यस अघि पनि सचिव तिर्थसागर श्रेष्ठलाई साँगाचोक गाविसको लागि राम्रो काम गरेको भन्दै विदाई गरिएको थियो ।  

Lokpriyasamachar@. Powered by Blogger.