जिशिअद्वारा विद्यालय भवन अनुगमन

लोकप्रिय रिपोर्टर/चौतारा-
चाइल्ड फण्ड जापानको सहयोगमा टुकी संघ सुनकोशी र ग्रामीण महिला सिर्जनशील परिवारले संचालन गरिरहेको “सुनौलो भविष्यको लागि शिक्षा परियोजना” अन्तर्गत ठोकर्पा, कालिका, पाँग्रेटार, पेट्कु, तौथली र धुस्कुन गाविसमा निर्माण भईरहेको बिद्यालय भवनहरुको प्राविधिक अनुगमन तथा मूल्याँकन कार्य जिल्ला शिक्षा अधिकारी निर्मल कुमार घिमिरे नेतृत्वको टोलीले बुधबार सम्पन्न गरेको छ ।













जिल्ला शिक्षा कार्यालयका इन्जिनियर शेरबहादुर पुजारा, सव इन्जिनियर सन्तोष मिश्र, चाइल्डफण्ड जापानका परियोजना इन्जिनियर दुर्गा प्रसाद ढकाल, टुकी संघ सुनकोशीका साईट इन्जिनियर जय प्रकाश पण्डित र ग्रामीण महिला सिर्जनशील परिवारका सव इन्जिनियर नुमना श्रेष्ठ सहितको प्राविधिक टोलीले कालीदेवी आवि ठोकर्पा, महेन्द्रकान्ति मावि कालिका, देवी मावि पेट्कु, कालिकादेवी आवि पाँग्रेटार, त्रिपुरा सुन्दरी मावि तौथली, धुस्कुन आवि धुस्कुन, बुद्ध आवि धुस्कुन र महेन्द्रप्रताप मावि धुस्कुनमा मर्मत तथा नयाँ निर्माण भईरहेको भवनहरुको स्थलगत अनुगमन गरी प्राविधिक सल्लाह सुझाव उपलब्ध गराइएको कुरा कार्यक्रम संयोजक हर्क तामाङले बताउनु भयो ।
अनुगमन गरिएका बिद्यालयहरुमा तिब्र गतिमा कार्य भइरहेकोमा खुशी व्यक्त गर्दै उक्त कार्य नेपाल सरकारको मापदण्ड बमोजिम सुरक्षित कक्षा कोठा निर्माण गरी बालमैत्री सिकाई वातावरण तयार गर्न र बिद्यालयलाई आबश्यक पर्ने सम्पुर्ण भौतिक सहयोग पुर्ण रुपमा उपलब्ध गराउन सहयोगी संस्थालाई अनुरोध गरिएको कुरा जिशिअ घिमिरेले बताउनु भयो ।
कालिकादेवी आवि पाँग्रेटार, धुस्कुन आवि, बुद्ध आवि र महेन्द्र प्रताप मावि धुस्कुनमा बिद्यालयको इतिहाँसमै पहिलोपटक जिशिअ तहको अनुगमन भएकोमा खुशी व्यक्त गर्दै बिद्यालय र स्थानीय समुदायले फुलमाला र खादाले भव्य स्वागत गरे । “चौतारा मै गएर बिद्यालयको समस्या राख्ने धोको बिद्यालयमै पुरा भएकोमा अत्यन्तै खुशी भएको छु” – धुस्कुन आविका संस्थापक इन्दबहादुर भण्डारीले बताउनु भयो ।
बिद्यालयमा पहिलो पटक जिशिअ
धुस्कुन आवि धुस्कुनको प्रअ अप्सरा खडकाको बिद्यालय स्थापना भएको ३५ बर्ष  भइसक्दा पनि अहिले सम्म जिशिअ तहको अनुगमन भ्रमण नभएको भन्ने गुनासो मंसीर ७ गते बाट मेटिएको छ । बिद्यालयमा जिशिअ सहितको प्राविधिक टोली पुग्दा प्रअ खड्का हर्षले गदगद थिइन । उनले बिद्यालयको तर्फबाट फुलमाला र खादाले टोलीलाई स्वागत गरिन । जिशअ ज्यु को भ्रमणले हामी उत्साहित भएका छौ बिद्यालयलाई अझ राम्रो बनाउन प्रयत्न जारी राख्नेछौं – उनले प्रफुल्लित मुद्रामा बताईन ।
नमुना बिद्यालय बनाउने धोको छ
सन २०१२ देखी चाइल्डफण्ड जापानको सहयोगमा ग्रामीण महिला सिर्जनशील परिवारले संचालन गरेको सुनौलो भविष्यका लागि शिक्षा परियोजनाले बिद्यालयको शैक्षिक उपलब्धी बृद्धिमा महत्वपुर्ण सहयोग पुगेको र निरन्तर सहयोग पाइरहेको कुरा प्रअले व्यक्त गरिन । अहिले बिद्यालयमा बालबालिकाहरुको दैनिक हाजिरी दर बढेको छ भने सिकाई उपलब्धी दर उत्कृष्ठ रुपमा बढिरहेको छ । जिल्ला शिक्षा कार्यालय र सहयोगी संस्थाको नियमित सहयोग पाउन सके हामी यस बिद्यालयलाई निकट भविष्यमा नै नुमना बिद्यालयको रुपमा विकास गर्नेछौं –उनले थपिन ।
भौतिकमा ढुक्क छौ
२०७२ बैशाखको बिनाशकारी भुकम्पले ध्वस्त बनाएको यस विद्यालयलाई ग्रामीण महिला सिर्जनशील परिवारले आपतकालिन सहयोग, अस्थायी सिकाई केन्द्र निर्माण देखी हाल २ वटा ट्रस भवनको मर्मत तथा नयाँ ६ वटा कक्षाकोठा निर्माण भइरहेकोले बिद्यालयलाई तत्कालको लागि कक्षाकोठाको समस्या नपर्ने कुरामा प्रअ ख्डका ढुक्क देखिन्थिन । बनिरहेको भवनलाई थप बलियो र सुरक्षित बनाउन प्राविधिकहरुले स्थलगत रुपमा दिइएका सल्लाह सुझावले भवन राम्रो र बलियो हुने कुराको सुनिश्चित भएको छ । यस कार्यको लागि सम्बन्धित सबैमा आभार व्यक्त गर्दछु ।
खोई शिक्षक दरबन्दी
कुल ११२ जना बिद्यार्थी भएको र बालकक्षा देखी कक्षा ८ सम्म अध्यापन हुने बिद्यालयमा हालसम्म १ जना पनि निमावि दरबन्दी नभएकोमा दुख व्यक्त गर्दै उनले जिशिअ समक्ष गुनासो गरिन – “३ जना प्रावि दरबन्दीले कसरी बिद्यालय धान्नु, विद्यालयको आन्तरिक श्रोत छैन स्थानीयको सहयोगले अत्यन्तै कम पारिश्रमिक (मासिक रु चार हजार) मा ३ जना नीजि श्रोतमा शिक्षक राखिएको छ । यो बर्षदेखी उक्त रकम समेत व्योहर्न नसकिने अवस्थामा पुगेका छौ । यस समस्यालाई जिशिकाबाट सम्बोधन हुने आशा लिएका छौं ।”


Lokpriyasamachar@. Powered by Blogger.