विश्व शौचालय दिवस मनाईयो

सुजन रेग्मी/चौतारा-
 नेपाल रेडक्रस सोसाईटीको आयोजनामा सिन्धुपाल्चोक जिल्लामा भूकम्प पुर्नलाभ कार्यक्रम संचालन भएका कुञ्चोक,नवलपुर,बाडेगाँउ गाविस र मेलम्ची नगरपालिका वडा नम्बर १२ र १३ (साविकको शिखरपुर गा.वि.स)मा विभिन्न चार कार्यक्रम गरी विश्व शौचालय दिवस मनाईएको छ ।
जिल्लाको कुञ्चोक गाविस वडा नम्बर ९ मा रहेको सेतीदेवी प्राथमिक विद्यालयमा निर्माण हुन लागेको ३ ढोके पक्कि शौचालयको एक कार्यक्रमका बिच नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुपाल्चोकका सभापति राजेन्द्रमान ताल्चाभडेले शिलन्यास गर्नुभएको हो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका ताल्चाभडेलले नेपाल रेडक्रस सोसाईटी र विद्यालयविचमा भएको सहमती पत्रमा हस्ताक्षर गर्दै करिव सात लाखको लागतमा बन्ने शौचालय बाल, अपागं, महिला र वातावरण मैत्रीका साथै भुकम्प प्रतिरोधी हुने समेत जानकारी दिनुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पदाधीकारी, भुकम्प पुनर्लाभ कार्यक्रमका जिल्ला संयोजक एवं कर्मचारीहरु, विद्यालय व्यवस्थापन समिति स्थानिय राजनैतिक दलका प्रतिनिधीहरु,उपशाखा प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।
यसै विच विश्व शौचालय दिवसकै अवसर पारेर जिल्लाको नवलपुर गाविसको विभिन्न ठाँउमा जनचेतनामुलक सडक नाटक प्रदर्शनी गरिएको थियो । रेडक्रसका स्वयम सेवकहरुले अभिनय गरेको जनचेतनामुलक सडक नाटकमा शौचालयको आवश्यकता र महत्व, घरमा शौचालय नहुँदा छात्राहरुमा पर्ने सक्ने मनोसामाजिक असर, व्यक्तिको जिविकोपार्जनमा खेल्न सक्ने भूमिका र आत्मनिर्भरता लगायत विषय नाटकको माध्ययम बाट सन्देश प्रवाह गरिएको थियो ।
साथै मेलम्ची नगरपालिकको १२ र १३ वडाका १०१ घरधुरीलाई शौचालय समाग्रीहरु वितरण गरिएको थियो । अन्य निकायबाट सहयोग नपाएका र शौचालय पहुँच नपुगेका घरधुरीलाई वडा स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको सिफरिसका आधारमा पहिलो चरणका सामाग्रीहरु प्यान, पाईप र सिमेन्ट वितरण गरीएको हो । यसैगरी जिल्लाको बाडेगाँउ गाविसमा गठनभएका पुर्नलाभ कार्य समुह बिच खुल्ला दिशामुक्त अभियान, यसका उद्देश्यहरु, समुदायले बनाउन सक्ने सरसफाईका योजना र समुदाय एवं संघ संस्थाको भूमिकाको विषयमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गाविस सचिव, स्वास्थ्यचौकी ईन्चार्ज, स्थानिय राजनैतिक दलका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।
नेपालमा शौचालयमा सुरक्षित रुपमा दिशा गर्ने बानी नभएको वा शौचालय नभएकै कारण सरसफाई जन्य रोगबाट वर्षेनि हजारौं बालबालिकाको मृत्यु हुने तत्थ्याकंले देखाएको छ । शौचालयको सुरक्षति प्रयोगबाट व्यक्ति स्वस्थ हुनुको साथै आर्थिक उपार्जन गरी जिविकोपार्जनलाई समेत गुणस्तरीय बनाउने विश्वास गरिएको छ ।
सन् २००१ देखि विश्व शौचालय संगठनले शौचालय सम्मेलन गरेसगैं हरेक वर्ष १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउन थालिएको छ । यस वर्ष चर्पी र रोजगार भन्ने मुलनाराका साथ विश्वभर शौचालय दिवस मनाईएको हो ।


Lokpriyasamachar@. Powered by Blogger.