जुगल बोर्डिङमा दीक्षान्त समारोह

जिल्ला शिक्षा अधिकारी निर्मल घिमिरेले समाज विकास र सामाजिक शिक्षाको स्तरोन्नती एवम् समाज सेवाको लागि अति महत्वपूर्ण स्थान ओगटेको स्काउटलाई प्रत्येक विद्यालयमा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । उहाँले उक्त कुरा जुगल बोर्डिङ हाइस्कुलको जुगल स्काउट ट्रपको प्रथम दीक्षान्त समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै बताउनुभएको हो ।

उहाँले स्काउटको तालिम लिएको भएतापनि आफू दिक्षान्त भएको थिएन र यसरी दिक्षान्त हुन पाएको खुसी लागेको बताउनुभयो । उहाँले स्काउटको महत्व र आवश्यकताका बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले अनुशासित नागरिक उत्पादन गर्न र शैक्षिक तथा राष्ट्र विकासको लागि तल्लो तहबाटै सक्षम नागरिक बनाउनको लागि प्रत्येक विद्यालय स्तरमै यस्तो कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।
समारोहमा प्रशिक्षक दामोदर बस्नेतद्वारा स्काउटको विभिन्न नियम र महत्वबारे विद्यार्थीहरुलाई विषेश सीप र तालिम पनि दिइएको थियो । समारोहमा जिल्ला स्काउट कार्य समिति दोलखाका सक्रिय सदस्य  थिरबहादुर खड्का लगायत सिन्धुपाल्चोक जिल्लाका विद्यालय स्काउट शिक्षकहरुको पनि उपस्थिति रहेको थियो ।  जिल्ला स्काउट समन्वय आयुक्त मीना श्रेष्ठको विषेश आतिथ्यतामा सम्पन्न भएको उक्त समारोहमा २१ छात्र र १८ छात्राले दीक्षा लिएका थिए ।
दिक्षान्त हुने विद्यार्थीहरुमा सरोज सुबेदी, बिपिका थापा, सुजन गहतराज, अभिशेक शर्मा, दिपेश थापा, सुरज सिलवाल, पूजा श्रेष्ठ, समिर बि.क., सबिना बानिया, निरन खत्री, अनिल अधिकारी, अनिता श्रेष्ठ, आशिष बागदास, इश्वर थापा मगर, कृतिका महत, सरिशा घले, सबिता थापा, नारायण श्रेष्ठ, रियाद नेपाल, मोनिका श्रेष्ठ, सृजना थापा मगर, गौतम थापा, स्मृती तामाङ, अनिसा कटुवाल, रोशन लामा, आकास घले, संजिब गुरुङ, दिपक कटुवाल, प्रशंसा नेउपाने, अनिस श्रेष्ठ, रोसन पुरी, अंजली लामा, निसान्त बि.क., बिनिता बागदास, अस्मिता गुरुङ, सुजना श्रेष्ठ, बिनिका गिरी, प्रशाान्त राज घले, जेनिसा बराल हुनुहुन्छ ।
जुगल बोर्डिङ हाइस्कूलका प्रअ प्रकाश उप्रेतीले सभापतिको आसनबाट बोल्दै स्काउटको मूल मर्म भनेको अनुशासन, नियम, प्रेम, सद्भाव, भाइचारा, समाजसेवा, राष्ट्रसेवा र ‘बसदैवकुटुम्बकम’को भावना अनुसार चल्नुपर्ने विद्यार्थीहरुले अनुसरण गर्नुपर्ने बताउँदै राष्ट्रप्रेमी देशभक्त बन्नको लागि विद्यालय तहबाटै लागि पर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लामा पहिलो पटक दिक्षान्त समारोह गर्ने अवसर आफ्नो विद्यालयलाई प्राप्त भएकोमा खुसी व्यक्त गर्दै उपस्थितिलाई हार्दिक स्वागत गर्नुभएको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.