शान्ति समिति संयोजकमा अर्याल

स्थानीय शान्ति समिति सिन्धुपाल्चोकको संयोजकमा डम्बरबहादुर अर्याल चयन हुनुभएको छ । स्थानीय शान्ति समितिको कार्यालय सिन्धुपाल्चोकमा हिजो बसेको बैठकले अर्याललाई सर्वसम्मत रुपमा संयोजकमा चयन गरेको हो ।

अर्याल दोस्रो पटक शान्ति समितिको संयोजक बन्नुभएको हो । समितिमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल, नागरिक समाज प्रतिनिधिले सर्वसम्मत संयोजक चयन गरेको समितिका सचिव दुर्गा आचार्यले बताउनुभयो ।
यसअघि समितिको संयोजकमा अमानसिं तामाङ रहनुभएको थियो । आव ०७२÷७३ मा उत्कृष्ठ काम गरे वापत शान्ति समिति सिन्धुपाल्चोकलाई प्रधानमन्त्री पुष्पकमल दाहालबाट सम्मान समेत गरेको थियो । शान्ति दिवसको अवसर पारेर प्रधानमन्त्रीले स्थानीय शान्ति समिति सिन्धुपाल्चोकलाई सम्मान गरेको थियो ।
समितिमा यसअघि शिवप्रसाद लामिछाने, स्व. मनकुमार श्रेष्ठ, निर्मल दंगाल लगायतले नेतृत्व गरिसक्नुभएको छ । राजनीतिक सहमतिको आधारमा ६–६ महिनामा संयोजक परिवर्तन गर्ने सहमति अनुसार नयाँ संयोजकको चयन गरिएको हो ।
नयाँ संयोजकको चयनसँगै आव ०७३÷७४ को कार्यक्रम समेत छनौट गरिएको सचिव आचार्यले जानकारी दिनुभयो ।

Lokpriyasamachar@. Powered by Blogger.