तीन नगर, नौ गाउँपालिका सिफारिस सिन्धुपाल्चोक उत्कृष्ठ

सरकारले तोकेको ५ सय ६७ गाउँपालिका र नगरपालिकाको सीमा निर्धारण गरेर प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेका बेला संख्या बढाएर ७ सय ४४ पु¥याएइपछि आयोगले नयाँ मापदण्ड अनुसार प्रतिवेदन तयार पार्न प्राविधिक समितिलाई पुनः निर्देशन दिएको थियो ।
आयोगलाई जनसंख्या, जनघनत्व, घरबाट सेवा केन्द्रमा पुगेर पुनः घर फर्किन लाग्ने अधिकतम समय, राजस्वका आन्तरिक स्रोत, जातीय, भाषिक, सांस्कृतिक र भौगोलिक सुगमताका आधारमा स्थानीय तहको सिमाना निर्धारण गर्ने अधिकार तोकिएको छ ।

पछिल्लो निर्देशन अनुसार सिन्धुपाल्चोक जिल्लाले दिएको प्रारम्भिक स्थानीय तहको संख्या र सीमा र जिल्ला पाविधिक सहयोग समितिले गरेको जातिय संरक्षण क्षेत्र सहितको स्थानीय संरचनालाई आयोगले उत्कृष्ठ ठह¥याएको छ । सिन्धुपाल्चोक जिल्लाले विषेश गरी ४ जाति विषेश संरक्षित क्षेत्रको पहिचान सहित १२ तहको स्थानीय संरचनाको सिफारिस गरेको थियो ।
स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीको अध्यक्षतामा पटक पटक बसेको बैठकले तीनवटा नगरपालिका र ९ वटा गाउँपालिकामा स्थानीय संरचना कायम गर्दै ४ जाति विषेश संरक्षित क्षेत्रको समेत प्रस्तावित गरेको हो ।
सिन्धुपाल्चोक जिल्लामा रहेका थामी जातीहरुको संरक्षणको लागि थामी जाती विषेश संरक्षण क्षेत्र र पहरी जाती विषेश संरक्षण क्षेत्र, दनुवार जाती विषेश संरक्षण क्षेत्र र ह्योल्मो जाती विषेश संरक्षण क्षेत्रको प्रस्ताव गरी केन्द्रमा पठाइएको छ । यसरी जातिय संरक्षणको क्षेत्र गरी पठाइएकोले पुनर्संरचना आयोगले सिन्धुपाल्चोकलाई उत्कृष्ठ रहेको बताउँदै सिन्धुपाल्चोकलाई विषेश धन्यवाद समेत दिएको स्थानीय विकास अधिकारी शाहीले बताउनुभयो । विषेश गरी पिछडिएका जातिका मानिसहरुको बसोबास रहेको क्षेत्र लोपोन्मुख हुन खोजेका जातित्वहरुलाई बढावा दिने र उनीहरुको हौसला र उनीहरुलाई जोश जाँगर तथा स्थानीय विकास एवम् आत्मनिर्भरताको लागि उत्प्रेरणा मिलोस् भनेर यस्तो खालको जातिय संरक्षण क्षेत्रको प्रस्ताव गरिएको जिल्ला प्राविधिक सहयोग समितिका संयोजक स्थानीय विकास अधिकारी शाहीले बताउनुभयो ।
स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति सिन्धुपाल्चोकले नयाँ निर्देशिका अनुसार पहाडी नगरपालिका २, पहाडी गाउँपालिका १ र हिमाली नगरपालिका १, हिमाली गाउँपालीका ८ गरी जम्मा ३ नगरपालिका र ९ वटा गाउँपालिकाको प्रस्ताव गरेको छ ।
नयाँ निर्देशन अनुसार हिमाली गाउँपालिकामा १३ हजार जनसंख्या हुनुपर्ने र पहाडी गाउँपालिकामा २२ हजार हुनुपर्नेछ भने हिमाली नगरपालिकामा १७ हजार र पहाडी नगरपालिकामा ३१ हजार जनसंख्या हुनुपर्ने रहेको छ । सोही अनुसार समितिले बाह्रबिसेलाई हिमाली नगरपालिकाको रुपमा सिफारिस गरेकोे छ । घुम्थाङ, गाती, बाह्रबिसे, मानेश्वाँरा, राम्चे, कर्थली र घोर्थलीको १ देखि ४ सम्म गरी जम्मा २६ हजार ४ सय १८ जनसंख्या हुने भएकोले बाह्रबिसे नगरपालिका (हिमाली) प्रस्ताव गरिएको छ । उक्त नगरपालिकामा ९ वटा वडा कार्यालय रहने समेत प्रस्ताव गरिएको छ भने बाह्रबिसे नगरपालिकाको केन्द्र बाह्रबिसेमा रहने गरी प्रस्ताव गरिएको छ ।
त्यसैगरी चौतारा, ठूलोसिरुवारी, साँगाचोक, इर्खु, कदमवास, बतासे, स्याउले गरी ४६ हजार ५ सय १ जनसंख्या रहेको चौतारा साँगाचोक गढी नगरपालिका (पहाडी) प्रस्ताव गरिएको छ । प्रस्तावित चौतारा साँगाचोक गढी नगरपालिकामा १४ वडा कार्यालय सिफारिस भएको छ भने सदरमुकाम चौतारालाई केन्द्र प्रस्ताव गरिएको छ ।
मेलम्ची, थकनी, हैबुङ, भोटेचौर, दुवाचौर समावेश गरेर ४५ हजार ३ सय ४३ जनसंख्या रहेको मेलम्ची नगरपालिका (पहाडी) प्रस्ताव गरिएको छ । प्रस्तावित मेलम्ची नगरपालिकामा १४ वटा वडा सिफारिस गरिएको छ भने मेलम्चीलाई केन्द्रको प्रस्ताव गरिएको छ ।
त्यस्तै जातिय विषेश संरक्षण क्षेत्रको रुपमा ह्योल्मो जातीहरुको संरक्षणको लागि हेलम्बू गाउँपालिका (हिमाली)लाई ह्योल्मो जाती विषेश संरक्षण क्षेत्र प्रस्तावित गरिएको छ । यस गाउँ पालिकामा हेलम्बू, किउल, इचोक, महांकाल, पाल्चोक गाविसका १७ हजार ६ सय ७१ जनसंख्या रहनेछन् भने ७ वटा वडाको प्रस्ताव गरिएको छ । यसको केन्द्र भने किउलको बगर वा चनौटे मध्ये एक कायम गर्न सिफारिस गरिएको छ ।
त्यसैगरी दनुवार विषेश संरक्षण क्षेत्रको रुपमा इन्द्रावती गाउँपालिका (पहाडी) प्रस्तावित गरिएको छ । प्रस्तावित गाउँपालिकामा भिमटार, भोटसिपा, सिपापोखरे, कुञ्चोक, बाँडेगाउँ, नवलपुर, सिम्पालकाभ्रे गरी २८ हजार ५ सय १७ जनसंख्या रहनेछन् भने १२ वटा वडामा विभाजन गरी सिफारिस गरिएको छ । जसको केन्द्र नवलपुर र आँपचौर मध्ये कुनै एकको लागि सिफारिस गरिएको छ ।
त्यसैगरी पहरी जाती विषेश संरक्षित क्षेत्रको रुपमा प्रस्तावित सुनकोशी गाउँपालिका (हिमाली) प्रस्ताव गरिएको छ भने यस गाउँपालिकामा पाङ्ग्रेटार, ठोकर्पा, थुम्पाखर, कालिका, सुनखानी, यमुनाडाँडा गाविसहरुका १६ हजार ७ सय १३ जनसंख्या रहेको ७ वटा वडाको सिफारिस गरिएको छ । यस गाउँपालिकाको केन्द्र भने यामुनाडाँडा ८ स्याले वा पाङग्रेटार मध्ये एक राख्न केन्द्रलाई सिफारिस गरिएको छ ।
त्यसैगरी थामी जाती संरक्षित क्षेत्रको रुपमा त्रिपुरासुन्दरी गाउँपालिका (हिमाली)लाई प्रस्ताव गरिएको छ । टेकानपुर, तौथली, पिस्कर, धुस्कुन, चोकटी र घोर्थलीको ५, ९ गरी जम्मा १५ हजार ३० जनसंख्या रहेको प्रस्तावित त्रिपुरासुन्दरी गाउँपालिकामा ७ वडाको सिफारिस गरिएको छ भने यसको केन्द्रको रुपमा धुस्कुनलाई प्रस्ताव गरिएको छ ।
त्यस्तै तातोपानी, फुल्पिङकट्टी, लिस्ती, मार्मिङ गाविसहरुलाई समेटेर १७ हजार १ सय ५६ जनसंख्या रहेको ५ वडाको सिफारिस गर्दै भोटेकोशी गाउँपालिका (हिमाली)लाई प्रस्ताव गरिएको छ । यस गाउँपालिकाको केन्द्र फुल्पिङकट्टी ९ श्रीचौरमा रहने प्रस्ताव गरिएको छ । त्यस्तै ठूलोपाखर, पेड्कु, ठूलोधादिङ, लिसंखु, अत्तरपुर र जेठल गाविसहरु समावेश गरी १५ हजार १ सय ५५ जनसंख्या रहेको ७ वटा वडा रहने गरी लिसंखु गाउँपालिका (हिमाली) प्रस्ताव गरिएको छ । यसको केन्द्र अत्तरपुर वा ठूलोपाखर कायम गर्न सिफारिस गरिएको छ ।
त्यसैगरी जलवीरे, फुल्पिङकोट, फुल्पिङडाँडा, मांखा गरी १८ हजार ९ सय ९ जनसंख्या रहने गरी ६ वटा वडा कायमको सिफारिस गर्दै बलेफी गाउँपालिका (हिमाली) प्रस्ताव गरिएको छ । प्रस्तावित बलेफी गाउँपालिकाको केन्द्र फुल्पिङडाँडाको बलेफी रहने प्रस्ताव गरिएको छ ।
यसैगरी बराम्ची, पाङताङ, गुम्बा, गोल्चे, सेलाङ, हगाम गाविसहरुमा रहेका १९ हजार २ सय ३१ जनसंख्या भएको ७ वटा वडाको सिफारिस गर्दै जुगल गाउँपालिका (हिमाली) प्रस्ताव गरिएको छ । प्रस्तावित जुगल गाउँपालिकाको केन्द्र बराम्चीको चनौटेमा रहने समेत सिफारिस गरिएको छ । भोताङ, बरुवा, थाङपालकोट, थाङपालधाप, भोटेनाम्लाङ, गुन्सा, बाँसखर्क, लाँगर्चे गाविसका २० हजार ८ सय ८६ जनसंख्या रहेको थाङपालधाप केन्द्र गरी ८ वटा वडामा विभाजन गरेर पाँचपोखरी थाङपाल गाउँपालिका (हिमाली) प्रस्ताव गरिएको छ ।
यस हिसावले सबैभन्दा सानो भोटेकोशी गाउँपालिका ५ वडाको रहनेछ भने सबैभन्दा ठूलो इन्द्रावती गाउँपालिका १२ वडाको रहने भएको छ । त्यस्तै मेलम्ची र साँगाचोक गढी चौतारा नगरपालिकामा १४, १४ वडा सिफारिस गरिएको छ भने बाह्रबिसे नगरपालिकामा ९ वडा सिफारिस गरिएको छ ।  

Lokpriyasamachar@. Powered by Blogger.