निर्वाचन पूर्वतयारी कार्यक्रम सुरु

नेत्रबहादुर बस्नेत/चौतारा-
सरकारले चैत्रमै स्थानीय निर्वाचन गर्ने तयारी गरेसँगै निर्वाचन आयोगले पनि निर्वाचन पूर्वतयारी कार्यक्रम सुरु गरेको छ । पहिलो चरणमा सिन्धुपाल्चोक लगायत २३ जिल्लामा सुरु भएको यो कार्यक्रम कार्यान्वयनको विषयमा जिल्ला निर्वाचन कार्यालयले जिल्ला विकास समितिको सभाहलमा सरोकारवालाहरुसँग एक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाल, स्थानीय विकास अधिकारी कृष्णबहादुर शाही, पुनर्निर्माण प्राधिकरण सम्पर्क कार्यालयका सम्पर्क व्यक्ति तथा चौतारा नगरपालिकाका कार्याकारी अधिकृत भुवनेश्वर लामिछाने, डिएसपी श्यामकृष्ण अधिकारी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, गाविस सचिव प्रतिनिधिहरुबीच भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रक्ष्मी पौडेलले निर्वाचन पूर्व तयारी सम्बन्धी निर्वाचन कार्यालयको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
कार्ययोजना प्रस्तुत गर्दै पौडेलले जिल्ला निर्वाचन कार्यालयले यस वर्ष मंसिर १ वाट फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम दाबि विरोध समेतका कार्यक्रम  पौष मसान्त सम्म सकिने गरि कार्य योजना तयार गरेको छ । यसको लागि सम्पुर्ण जिल्लालाई ८ क्लस्टरमा विभाजन  गरिएको छ । ६८ वटा गाविसमा र २ वटा नगरपालिकाका २४ वटा वडामा गरि ९२ स्थानमा २—२ दिन मतदाता नामावली संकलनको कार्यक्रम रहेको बताउनुभयो ।
उहाँले प्रस्तुत गर्नुभएको पूर्व निर्वाचन तयारी कार्यक्रम अनुसार मतदाता नामावली प्रकाशन गर्ने मंसिर २ गते, प्रकाशित मतदाता नामावलीमा नाम समावेश गर्ने त्रुटि सच्चाउने  र नाम हटाउने प्रयोजनको लागि नामावली तथा विवरण संकलन गर्ने ३ र ४ गते, थप गरिएको मतदाता नामावली प्रकाशन गर्ने ४ गते २ बजे, थप गरिएको मतदाता नामावलीमा ,  त्रुटि सच्चाउन ,  नाम हटाउन र एकै गा.वि.स  वा न.पा वडा भित्रै एक व्यात्तिको नाम एक स्थान भन्दा बढि ठाँउमा भए त्यस्ता नाम हटाउन वा सार्नको लागि सम्वन्धित व्यात्तिले निवेदन दिने ५ गते, संशोधित नामावली प्रकाशन गर्ने ६ गते बेलुका ४ बजे, मतदाताको विरोधमा दरखास्त सूचना दिने ७ गते, दाबी विरोध पर्न आएका मतदातालाई मतदाता नावावलीवाट आफ्नो नाम हट्नु नपर्ने कारण भए प्रमाण सहित भनाई पेश गर्न आउन सूचना प्रकाशन गर्ने १० गते बेलुका ५ बजे, दाबी विरोध परेका मतदाताले प्रमाण सहित आफ्नो भनाई पेश गर्न आउने ११ गते, दाबी विरोधको जाँचबुझवाट  दोहोरो नाम हटाउन परेका निवेदन बमोझिम र पञ्जिकाधिकारीको कार्यालयको अभिलेखको आधारमा संशोधित मतदाता  नामावलीवाट नाम हटाईएको व्यात्तिहरुको सूचना प्रकाशन गर्ने १६ गते विहान १० बजे, संशोधित÷अन्तिम मतदाता नामावली प्रकाशन गर्ने १६ गते बेलुका ५ बजे, सहायक नाम दर्ता अधिकारीले अन्तिम मतदाता नामावली तयार गर्न प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा पठाउने र सोको सूचना आफ्नो कार्यालयमा प्रकाशन गर्ने १७ गते रहेको छ ।
कार्यक्रममा उहाँले विषेश गरी पौष १५ गते भित्रै सम्पूर्ण कार्य पूरा गरी निर्वाचन सम्बन्धी पूर्व तयारी कार्यक्रम सम्पन्न गर्ने प्रष्ट गर्नुभयो । उक्त कार्य सम्पन्न गर्नका लागि ८ इलाकामा विभाजन गरी प्रत्येक इलाकाको छुट्टाछुट्टै कार्यक्रम तय गरीएको समेत प्रष्ट गर्नुभयो । उहाँले फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधीक कार्यक्रम आयोजना गर्न गाविस स्तरीय कार्यक्रमको समेत कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।  गाउँ विकास समिति तथा नगर विकास समितिका सचिव एवम् अध्यक्षको संयोजकत्वमा स्थानीय स्तरमा निर्वाचन सहयोग समिति समेत रहने भएकोले सोही समितिले यो कार्यक्रमको संयोजन गर्ने समेत स्पष्ट पार्नुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.