आत्मरक्षाका लागि तालिम

महिला हिंसाका घटना बढ्दै गर्दा ग्रामीण महिला सिर्जनशील परिवारले किशोरीहरुको आत्मारक्षा तालिम संचालन गरेको छ ।  हिंसा बिरुद्धको १६ दिने अभियान चल्दै गर्दाको अवसर पारेर सो तालिम संचालन गरेको हो । तालिममा आत्मा रक्षकालागि मानसिक र शारिरीक रुपमा प्रतिकार गर्न समेत प्रशिक्षित गरिएको ग्रामीण महिला सिर्जनशील परिवारका कार्यक्रम संयोजक राजुु विकले जानकारी दिनुभयो ।


अक्सफामको सहयोगमा संचालित सो तालिममा हिंसाका कारण, हिंसा हुुन सक्ने स्थान, अपनाउनुपर्ने सजकता र कानूूनी उपचारका  बारेमा प्रशिक्षण प्रदान गरिएको थियो । आत्मा रक्षाको लागि प्रयोगात्मक प्रशिक्षण समेत दिईएको थियो । महिला शशक्तिकरण नेपालका  प्रशिक्षक अजय मानन्धर र सपना रानामगरले शारिरीक रुपमा प्रतिकार कसरी गर्ने भन्ने बारेमा प्रयोगात्मक प्रशिक्षण दिनुभएको थियो ।
तालिम चोकटी र बाह्रविसे गाविसमा संचालन गरिएको हो । उमेर, वर्ग र अबस्था अनुुसार हिंसाका घटनाहरु फरक प्रकृतिका हुने हुँदा सो बारेमा पनि सजक रहन र सुुरक्षा अपनाउन सहभागिलाई प्रशिक्षित गरिएको अक्सफाम लैङ्गिक अधिकृत बिपना धिमालले बताउनुभयो । तालिममा दुबै गाविसकाका गरि ६० जना किशोरीहरुको सहभागिता रहेको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.