‘अनुशासनको लागि हिन्दू धर्म आवश्यक’

सहदेव नेपाल/काठमाडौं-
मानवीय शासन प्रणाली, राष्ट्रिय अखण्डता, नागरिक स्वतन्त्रता र मानवीय अनुशासन तथा विधि विधानको लागि हिन्दू धर्मले अति महत्वपूर्ण स्थान ओगटेको र यसले सम्पूर्ण मानवीय व्यवहारिक सञ्चालनमा महत्वपूर्ण योगदान पु¥याएको माननीय मोहनबहादुर बस्नेतले बताउनुभएको छ ।
नेपाललाई धर्म नरपेक्षता घोषणा गरेपछि नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको नेतृत्वमा गठन भएको नेपाली कांग्रेस सनातन हिन्दू राष्ट्र स्थापना महाअभियानले देशैभरी संगठन विस्तार गर्दै ७५ वटै जिल्लामा नेपाली कांग्रेस सनातन हिन्दू राष्ट्र स्थापना महाअभियान जिल्ला समन्वय समिति गठन गरेर गरिरहेको आन्दोलनको निर्णायक विन्दूमा पु¥याउन आयोजित वृहत्तर अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो कुरा बताउनुभएको हो ।

प्रज्ञा प्रतिष्ठान काठमाडौंमा बुधबार भएको वृहत्तर अन्तरक्रिया कार्यक्रममा बोल्दै माननीय बस्नेतले नेपाली कांग्रेसले ०६२÷६३ को आन्दोलन सुरु गर्दा सुरुमा २–३ सयको जमातमा सुरु भएको आन्दोलनले छिट्टै परिणाम दिएको थियो भने यो हिन्दू धर्म पुनस्र्थापनाको आन्दोलन त सिङ्गो राष्ट्रको ९४ प्रतिशत जनताले मागेको हुँदा यसको सहि नेतृत्व र व्यवस्थित आन्दोलन भयो भने छिट्टै माग पूरा हुने समेत बताउनुभयो ।
उहाँले आफूहरुले धर्म निरपेक्षताको पक्षमा लागेको भनेर सम्पूर्ण हिन्दू धर्मावलम्वीहरुले आफूलाई विरोध गरेको बताउँदै हिन्दू धर्म पुनस्र्थापना गर्न आफ्नो तर्फबाट पनि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
नेपाली कांग्रेस सनातन हिन्दू राष्ट्र स्थापना महाअभियान केन्द्रीय समन्वय समितिले गरेको अन्तरक्रिया कार्यक्रममा हिन्दू धर्मावलम्वीहरुले हिन्दू धर्मको पुनस्र्थापना सम्बन्धी आन्दोलनलाई पूर्ण रुपले सहयोग र समर्थन गर्ने र हिन्दू राष्ट्र कायम गराएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेको छ । महाअभियानका महासचिव अधिवक्ता कुमार रेग्मीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सभापतिको आसनबाट बोल्दै केन्द्रीय संयोजक तथा प्रमुख अतिथि खुमबहादुर खड्काले ६ दर्जन क्रिश्चियन, ५२ इस्लामिक, ९ बुद्धिष्ट र १ यहुदि मुलुक अस्तित्वमा रहेका छन् । तर संसारभरी झण्डै डेढ अरव हिन्दूहरुले गौरव र आत्मियता महसुस गर्ने एउटै मुलुक नेपाल रहेकोमा संविधानत हिन्दूको पहिचान मेट्ने कार्य भएको बताउँदै बहुसंख्यक जनताको भावना र चाहना विपरित हिन्दू राष्ट्रको पहिचान मेटेर धर्म निरपेक्ष बनाउने राष्ट्रविरोधी षड्यन्त्रका प्रति सुरुदेखि नै घोर आपत्ति, असहमति र विपत्ति रहेको बताउनुभएको छ । उहाँले हिन्दूत्वले हिमाल, पहाड र तराईवासी नेपाली बीचको एकतालाई जिवन्त र स्थायी बनाउन सहयोग पु¥याउँदै आएकोमा धर्म निरपेक्षता तुल्याएसँगै जातिय र क्षेत्रीय एकतामा पनि क्षति पुगेको महसुस भएको बताउनुभयो ।  धर्म संस्कृतिको विरोधमा विदेशी योजनामा सञ्चालित एनजीओ आइएनजीओको माध्यमबाट भइरहेको राष्ट्र विरोधी गतिविधि तत्काल रोक्नुपर्ने उहाँले बताउनुभयो ।
आन्तरिक एकता सुदृढ तुल्याउन र देशको अन्तराष्ट्रिय मौलिक पहिचान कायम गर्न नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्छ भन्ने आम नागरिकको धारणा रहेकोले जनताको चाहना बमोजिम धर्म निरपेक्ष खारेज गरी सनातन हिन्दू राष्ट्र घोषणा गर्न प्रमुख राजनीतिक दलहरुलाई अनुरोध गर्नुभयो । उहाँले यदि यसमा असमर्थ भए देश जनमत संग्रहमा गएर टुङ्गो लगाउन समेत माग गर्नुभयो ।
अभियानमा क्षेत्री समाजका दिलबहादुर क्षेत्री, डा. सुरेन्द्र केसी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा नेपाली बाबाहरुले सम्बोधन गर्नुभएको उक्त कार्यक्रममा देशका ७५ वटै जिल्लाका लाखौं कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.