वक्तृत्वकला सम्पन्न, महिला शिक्षक भेला मेलम्चीमा हुँदै

लोकप्रिय रिपोर्टर/चौतारा-
नेपाल शिक्षक संघ सिन्धुपाल्चोकको वार्षिक कार्यक्रम अनुसार शुक्रबार सिन्धुपाल्चोक जिल्लाका माध्यमिक तहको (कक्षा ११ र १२) ‘समृद्ध राष्ट्र निर्माणमा युवाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता जनजागृती मावि साँगाचोकमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा जिल्लाका २२ वटा विद्यालयहरु सहभागि भएका थिए । नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष तुलसीप्रसाद दंगालको सभापतित्वमा भएको कार्यक्रम नेपाल शिक्षक युनियन राष्ट्रिय कार्यसमितिका पूर्व सदस्य यमबहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल शिक्षक संघ राष्ट्रिय कार्यसमितिका पूर्व सदस्य वाङ्जुङ लामाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सहभागि विद्यालय मध्ये सरस्वती मावि ग्याल्थुमका छात्रा सलिना पाण्डे प्रथम, सिन्धुपुरानागाउँ मावि सिन्धुकोटका छात्रा प्रतिमा सिग्देल  द्वितीय, चण्डेश्वरी मावि भोटसिपाका छात्र राजन कुँवर तृतीय र कृष्ण रत्नगंगा मावि चौताराकी छात्रा सानी गिरीले सान्त्वना स्थान हासिल गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिबाट प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।
नेपाल शिक्षक संघ सिन्धुपाल्चोकको आयोजनामा यहि मंसिर १७ र १८ गते नेपाल शिक्षक संघमा आवद्ध महिला शिक्षकहरुको जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम हुने भएकोले उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न हुने भएकोले शिक्षक संघका जिल्ला अध्यक्ष तुलसीप्रसाद दंगालले उक्त कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण शिक्षकशिक्षिकालाई हार्दिक अनुरोध गर्नुभयो ।    

Lokpriyasamachar@. Powered by Blogger.