मानव अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम

लोकप्रिय रिपोर्टर/चौतारा-
मानव अधिकारसँग सम्बन्धीत सूचना समाचार संकलन एवम् प्रकाशन र समस्या समाधानका चुनौती विषयक एकदिने अन्तरक्रिया कार्यक्रम होटल अरनिकोमा सम्पन्न भएको छ ।



मानव बेचबिखन सुरक्षित आप्रवासन विषयमा समाचार माध्यमले कसरी प्रकाशन एवम् उठान गर्ने, समाचार संकलन तथा प्रकाशन गर्दा समाचार स्रोतकर्ता तथा प्रकाशनकर्ता कसरी सुरक्षित रहने भन्ने विषयमा समेत केन्द्रीत रहि गरिएको उक्त अन्तरक्रिया कार्यक्रम इन्हुरेड इन्टरनेशनलले आयोजना गरेको थियो ।
सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चका कार्यकारी अधिकृत गोविन्द सापकोटाको समन्वयमा भएको कार्यक्रमबारे रामकृष्ण काफ्लेले कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । इन्हुरेडका सञ्चार अधिकृत सुदिप लामिछानेले कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा संस्थाको तर्फबाट मानव अधिकार, सुरक्षित आप्रवाशन, मानव बेचविखन, घरेलु हिंसा, मानव अधिकार उलङ्घनका घटनाहरुको बारेमा जानकारी गराउने, विद्यमान ऐन कानुन एवम् यसका कार्यन्वयन पक्षको विश्लेषण गर्ने, उल्लिखित विषयहरुलाई पीडितमैत्रीरुपमा कसरी संचारमाध्यममा ल्याउने,  अधिकारकर्मी तथा संचारकर्मीले यस्ता घटनाहरुलाई कसरी दस्तावेजीकरण र संप्रेषण गर्ने, यस्ता घटनाहरुको संबोधन एवम् पीडितको आवस्यकता बुझेर, गोप्यता कायम गर्दे पीडितलाई न्याय दिलाउने निकाय र उपाय के के हुनसक्छन् ? भन्ने विषयमा विषेश प्रष्ट पार्दै काफ्लेले आफ्नो भनाई राख्नुभएको थियो ।
उहाँले अधिकार र मानवअधिकार, सुरक्षित आप्रवाशन, मानव बेचविखन, घरेलु हिंसा विषयमा प्रष्ट पार्दै  अधिकार मानव अधिकारको विषयमा व्याख्या गर्नुभएको थियो । मानव अधिकार उल्लघंन, सिद्धान्त र लक्ष्य, राज्यको दायित्व, मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४, दण्ड सजाय, घरेलु हिंसा, अपराध, मानव अधिकारसँग सम्बन्धीत मुद्धाको व्यवस्थापन लगायतका विषयमा उहाँले प्रष्ट पार्नुभएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.