महिला हिंसा विरुद्धको अभियान सुरु

महिला हिंसा विरुद्धको १६ दिवसिय अभियान हिजोदेखि सरोकारवालाहरुले विविध कार्यक्रम गरी शुरु गरेका छन् । घर शान्ति नै विश्व शान्ति आधार, दिगो विकासका लागि लैंगिक हिंसा रहित समाज” भन्ने मुल नाराका साथ सुरु भएको अभियान जिल्लाको क्षेत्र नं. १ को बाह्रबिसेमा महिला हिंसा विरुद्ध सद्भाव ¥यालीको सहित सुरु भएको थियो ।
महिला जागृती समूह बा¥हविसे र वडा नं. ८ र ९ वडा नागरिक मञ्चको आयोजना तथा ग्रामीण महिला सिर्जनशील परिवार र अक्सफाम सहयोगमा शुरु गरिएको पहिलो दिनको अभियानमा बाह्रबिस,े राम्चे आसपासका करिब ३०० जनाको सहभागिता भएको थियो ।
ग्रामिण महिला सिर्जनशिल परीवारले प्रत्येक वर्ष झै यस वर्ष पनि अभियानको नेतृत्व गरेर कार्यक्रमको सुरु गरेको छ । स्थानिय महिला समूह, महिला सञ्जालसँग समन्वय गरी  अभियानको गतिविधिलाई समूदाय स्तरमा सञ्चालन गर्न लागेको सिर्जनशिल परिवारका कार्यक्रम संयोजक राजु विकले बताउनुभएको छ ।
 २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म चल्ने यस अभियानमा महिला र पुरुषको समान सहभागितामा फरक फरक गतिविधिको साथ यो अभियान संचालन गरिने संस्थाको कार्यकारी निर्देशक नानीमाया थापाले जानकारी दिनुभयो ।
विगतको वर्षहरु भन्दा यस वर्ष २०७२ साल बैशाख १२, १३ र २९ गते गएको महाभुकम्प पश्चात महिलाहरुको नागरिकता, विवाह दर्ता, जग्गा धनी पूर्जा लगायत कानुनी कागजातहरु हराएको भूकम्पबाट क्षती पुगेको र समूदायको महिलाहरु आफ्ना अधिकारबाट बञ्चित भएको गुनासो आइरहेको छ । यस सन्दर्भमा १६ दिने अभियानमा संस्थाको कार्यक्षेत्रको गाविसहरुमा कानूनका जानाकार व्यक्ति, वकिलहरुको सहायतामा कानूनी अभिमुखिकरण कार्यक्रम गरी कानूनी प्रक्रियाका बारेमा जानकारी गराउने योजना समेत रहेको संयोजक विकले बताउनु भयो ।
उहाँले यस १६ दिने अभियानको सन्दर्भ पारेर हिजो बा¥हविसेमा किशोरीहरुका लागि आत्मरक्षा तालिम आयोजना गरी किशोरीहरुलाई महिला हिंसा विरुद्ध सचेतना तथा आत्मरक्षा सम्वन्धी शारीरिक अभ्यासका साथ २ दिने तालिम कार्यक्रम संचालन गरिएको जानकारी दिनुभयो ।
तालिममा महिला तथा किशोर किशोरीहरुलाई दासता, मानव वेचविखन तथा असुरक्षित वैदेशिक रोजगार जस्ता विपदको समयमा आउन सक्ने खतराको वारेमा जानकारी गराउँदै उनिहरुलाई त्यसबाट बच्नको लागि अपनाउनु पर्ने सतर्कताको वारेमा पनि जानकारी गरिएको थियो । विनाशकारी भूकम्पले मानिसहरुको घर भत्कियो, शौचालय भत्कियो, बाटोघाटो भत्कियो, भौतिक संरचना भत्किएको छ । जसको कारण मानिसहरु सुरक्षाको लागी सार्बजनिक जग्गा, सडक, जस्ता खालि ठाँउमा समूहमा बस्न वाध्य भएका छन् । यसरी विभिन्न ठाँउका, विभिन्न परिवारका मानिसहरु एकै ठाँउमा बसोबास गर्दा विशेष गरेर महिला र किशिोरीहरु लाई असुरक्षित भएको कुरा बाहिर आइरहँदा यो अभियानको झनै महत्व बढेको  वडा नागरिक मंचका संयोजक विष्णुगोपाल श्रेष्ठले बताउनु भयो ।
उहाँले महिला तथा बालबालिकाहरु लैङ्गिक हिंसा तथा यौन हिंसामा परेका घटनाहरु घट्न थालेको मानिसहरुमा तनावको कारण  विविध खालको समस्याहरु पनि देखिन थालेको र यो समस्यालाई कम गर्नको लागि यो अवस्थामा मानिसहरुलााई परामर्शको साथै केहि मनोरन्जनात्मक कार्यक्रमहरुको पनि आश्यकता पर्ने बताउनुभयो ।
 हिजोबाट निरन्तर रुपमा १६ दिन सम्म चल्ने यस अभियान जिल्लाको तीनै क्षेत्रबाट विविध कार्यक्रमका साथ शुरु भएको  छ । मानव सेवा संस्था लगायत जिल्लामा रहेका महिला सम्बन्धी विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुले आ–आफ्नै तरिकाबाट यो अभियान मनाउन सुरु गरेका छन् ।

Lokpriyasamachar@. Powered by Blogger.