दूव्र्यवहार विरुद्ध अभिमुखिकरण

महिला आत्म निर्भरता केन्द्रको आयोजना  र अक्सफाम नेपालको सहयोगमा मंगलबार सुरु भएको  महिला तथा किशोरीहरुका  लागि दुव्र्यवहार विरुद्धको २ दिने अभिमुखिकरण तालिम विहिबार   सम्पन्न भएको छ ।
हेलम्बु र किउल गाविसका २६ जना  किशोरी तथा महिला सहभागि उक्त तालिममा ,महिला तथा किशोरीहरुलाई हुने दुव्र्यवहार तथा हिंसा विरुद्ध ,उनीहरुले नै कसरी प्रतिकार गर्ने भन्ने बारे सैद्धान्तीक र प्रयोगात्मक कुरा सिकाईएको थियो ।
एकल महिला ,किशोरी, श्रीमान्मा विदेशमा रहेका एक्लै बसेका महिलाहरु बढी हिसां तथा दुव्र्यबहारमा पर्ने हुदाँ ,आत्मसुरक्षा कसरी गर्ने भन्ने कुरा सिकाउनको लागि तालिमको आयोजना गरिएको प्रशिक्षक भगवती नेपालले बताउनु भयो ।
दुई दिने तालिममा सहभागि महिला तथा किशोरीहरुलाई दुव्यवहार भनेको के हो , यस बाट कसरी बच्ने ,लैगिक हिंसा के हो र कुनै पनि हिंसा तथा दुव्यवहार भएमा कसरी प्रतिकार गर्ने भन्ने बारेमा सिकाईको छ । उक्त तालिममा भगवती नेपाल , सागर श्रेष्ठ , आजय मान्नधर , सपना राना मगर र महिला आत्मनिर्भरता केन्द्रका लैगिक अधिकृत संगिता खड्काले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको हो । कार्यक्रममा अक्फामका लैगिक अधिकृत विपना धिमालले ,सहभागि किशोरी तथा महिलाहरुलाई सिकेको कुरा सहि ठाउँमा प्रयोग गर्न आग्रह गर्नुभएको  थियो ।

Lokpriyasamachar@. Powered by Blogger.