सुदृढ पुनर्निर्माण सुरक्षित समाज निर्माणको परिचयात्मक कार्यक्रम सम्पन्न

सन्ध्या बस्नेत/चौतारा-
प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले यस्ता कार्यक्रमहरु गरिरहँदा संघसंस्थाहरु पारदर्शितामा रहने र संघसंस्थाले गरेका क्रियाकलापहरुको बारेमा पनि सबैले स्पष्टसँग जानकारी पाउने भएको बताउनुभयो ।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)को विपद् जोखिम व्यवस्थापन कार्यक्रमले आयोजना गरेको परिचयात्मक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले जिल्लाको समृद्ध विकासको लागि गैरसरकारी संघसंस्थाहरुको महत्वपूर्ण भूमिका हुने हुँदा यस्तो भूमिका निर्वाह गर्न अग्रसर रहेकाहरुको आफू र आmू मातहतका कार्यालयहरुले साधन र स्रोतले भ्याएसम्म सहयोग र समर्थन गर्ने बताउनुभएको छ ।

विषेश गरी भूकम्प पीडित यस जिल्ला विकासको लागि सहकार्य गर्न आउनुहुने सबै संस्थाहरुलाई स्वागत गर्दै स्थानीय विकास मन्त्रालय मातहत जिल्ला विकास समितिले पु¥याउनुपर्ने सहयोग र सहकार्यको निमित्त सधैं तत्पर रहेको समेत प्रष्ट पार्दै स्थानीय स्तरमा न्यून आय भएका र समाजबाट पिछडिएका वर्गहरुको खोजी गरी उनीहरुको उत्थान र विकासको लागि विषेश योगदान पु¥याउने खालका कार्यक्रम समेत ल्याउन सके अझै राम्रो र सुलभ हुने उहाँले प्रष्ट पार्नुभयो ।
सुदृढ पुनर्निर्माण सुरक्षित समाज निर्माण परियोजनाले हिजो एक परिचयात्मक कार्यक्रम गरेको हो । होटल अरनिकोमा भएको उक्त परिचयात्मक कार्यक्रमको स्वागत मन्तव्य दिँदै वरिष्ठ सामाजिक परिचालक रेशमबहादुर विकले जिल्लाको ५ वटा गाविस कुविण्डे, इर्खु, भोटसिपा, बाँडेगाउँ, सिपापोखरेमा कार्यक्रम लागू गरिएको बताउनुभयो ।
सरकारको निर्देशिका अनुसार दक्ष जनशक्तिको उत्पादन गरी कार्यक्रम सञ्चालन गरिने विकले बताउनुभयो । विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु सम्मिलित उक्त कार्यक्रममा वरिष्ठ सामाजिक परिचालक विकले स्वागत मन्तव्य राख्दै कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा सञ्जय परियारले संस्थाको  मुख्य उद्देश्य सुरक्षित भवन निर्माण गर्ने विषयमा केन्द्रीत रहेर कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
परिचयात्मक कार्यक्रमको विषयमा प्रज्ञा प्रधानले संस्थाले गरेको कार्यक्रम र भावी नीतिबारे कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.