भूकम्प पीडितलाई निवेदन दिन आग्रह

भूकम्प पीडितहरुलाई पुनर्निर्माणका लागि सरकारले दिने अनुदानमा जग्गाधनी प्रमाणपत्रको कारण रोकिएको गुनासो आइरहँदा सरकारले प्रत्येक गाविस सचिवहरुलाई जग्गाधनी पूर्जा नभएका गुठी, सार्वजनिक तथा अन्यत्र बसोबास गरेका भूकम्प पीडितलाई राहत उपलब्ध गराउनको निमित्त त्यस्ता खालका पीडितको विवरण संकलन गर्न मालपोत कार्यालय मार्फत फर्म वितरण गरिएको छ ।
आफ्नो नाममा पूर्जा नभएका तर गुठी तथा सार्वजनिक ऐलानी जग्गाहरुमा घर निर्माण गरी बसोबास गरेका भूकम्प पीडितहरुलाई अनुदान दिनको लागि जिल्ला विकास समितिले प्रत्येक गाउँ विकास समितिको कार्यालयमा निवेदन दिन सकिने व्यवस्था मिलाएको हुँदा त्यस्ता व्यक्तिहरुले तुरुन्त गाविसमा सम्पर्क राख्न स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले अनुरोध गर्नुभएको छ ।
सिन्धुपाल्चोक जिल्लामा धेरैजसो पीडितहरु गुठी जग्गामा बसोबास गरेका र उनीहरुको अनुदान सम्झौताको रकम नआएको भनि गुनासो आइरहँदा स्थानीय विकास अधिकारी शाहीले प्रत्येक गाविस तथा नगर वडावासीहरुलाई कार्यालयमा गई निवेदन दर्ता गराउनुहुन अनुरोध समेत गर्नुभएको छ ।

Lokpriyasamachar@. Powered by Blogger.