कार्यवहाक सभापतिको जिम्मा मिरा लामालाई

लोकप्रिय रिपोर्टर/चौतारा-
नेपाली कांग्रेस जिल्ला कार्य समिति सिन्धुपाल्चोकको कार्यवहाक सभापतिको जिम्मेवारी मिरा लामालाई दिइएको विकास लामाले बताउनुभएको छ ।
उहाँले जिल्लामा कार्यकर्ताहरु माझ अन्यौलता नहोस् भन्दै कात्तिक १७ गते आफ्नै सभापतित्वमा बैठक बसी रिक्त कार्यसमितिका पदपूर्ति समेत गरेर कांग्रेसको संगठन विस्तारमा लाग्न सबैलाई निर्देशन गरी आफू विदेश उपचारको क्रममा गएको बताउनुभएको छ ।
उहाँका अनुसार कांग्रेसको जिल्ला सदस्यमा क्षेत्र  न १ बाट सोनाम योन्जन लामा, भीष्म प्रताप  भण्डारी, बुद्ध राज बस्नेत, क्षेत्र नं. २ बाट कृष्ण  न्यौपाने, बिल ब तामाङ , तेज बानियाँ, क्षेत्र नं. ३ बाट हरि कुमार  शर्मा , गणेश  सिग्देल, सन्छ तामाङ लामा रहनुभएको छ ।
आमन्त्रित  सदस्यहरुमा १ नं. बाट  कुमार  श्रेष्ठ, लक्ष्मी पौडेल, क्षेत्र नं. २ बाट  बलदेव तामाङ, रामचन्द्र  घिमिरे, केशव श्रेष्ठ र क्षेत्र नं. ३ बाट जयबहादुर तामाङ रहनुभएको लामाले जानकारी दिनुभयो ।
४ जना मनोनीत  गर्न बाँकी र उपसभापति , सचीव  सहसचिव  मनोनीत  हुन बाँकी रहेको समेत उहाँले बताउनुभयो ।  छलफलबाट कार्यबाहक  सभापतिमा  मिरा लामालाई तोकिएको र २८ जनाको कार्यसमितिमा १९ जनाको उपस्थित रहेको बताउनुभएको छ ।

Lokpriyasamachar@. Powered by Blogger.