एकराज श्रेष्ठ/दोलालघाट-
पर्यटकिय नगर दोलालघाटमा पहिलो पटक जिल्ला भलिबल संघको आयोजनामा राष्ट्रिय पाचौं महिला तथा छैठौं पुरुषका बिच भलिवल प्रतियोगिता पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतित्थमा सम्पन्न भएको थियो ।
कार्यक्रमको उदघाटन समारोहमा सम्बोधन गर्दै प्रमुख अतिथि खनालले खेलकूद विकासको निमित्त आवश्यक कदम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । विगतमा खेलकूद बिकास परिषद् मात्र रहेकोमा अहिले खेलकुद मन्त्रालय समेत हुँदा खेलकूद विकासमा कुनै पनि कमि नहुने बारेमा पारदर्शि पार्नु भएको थियो ।
दिउँसो २ बजे सञ्चालित सो कार्यक्रमको सभाका सभापतित्व नेपाल केन्द्रीय भलिबल संघका अध्यक्ष मनोरञ्न रमन शर्मा हुनु हुन्थ्यो । सांस्कृतिक कार्यक्रम सहित भएको उक्त कार्यक्रमको विशेष अतिथि काभ्रे क्षत्र न ४ का सभासद विदुर सापकोटा हुनु हुन्थ्यो ।
कार्यक्रम जिल्ला भलिबल संघका अध्यक्ष तिर्थ लाल श्रेष्ठले संचालन गर्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै पुर्व भलिबल खेलाडीको रुपमा पनि परिचित दुलालेश्वर साकोसका अध्यक्ष सुरेसकुमार कक्षपतिले सम्वोधनमा दोलालघाट नेपालको पर्यटकिय स्थलको मानचित्रको रुपमा रहेको यस दोलालघाट नगरलाई राज्यबाट अपहेलित गरिएको गुनासो गर्नु भएको थियो ।
यस नगरलाई आवश्यक विकासका कदमहरु अगाडि बढाउन आग्रह गर्नु भएको थियो । उपस्थित अतिथिहरुबाट कार्यक्रमको सफलताको शुभकामना दिनु भयो भने नेपाल भलिबल संघका उपाध्यक्षले खेलको ईतिहास बारे प्रकाश पार्नु भयो ।
१६ महिला र १६ पुरुषको टिम द्वारा हुने सो प्रतियोगिता १८ गते समापन हुने आयोजकका अध्यक्ष तिर्थ श्रेष्ठले बताउनु भयो ।
दुलालेश्वर क्लबका पुर्व सचिव समेत भई सक्नुभएका अध्यक्ष श्रेष्ठले यसरी राष्ट्रिय खेल को आयोजना दोलालघाटको ईतिहासमा पहिलो चोटि गराउन गरेको योगदानको कदर गर्दै स्थानियले धन्यवाद समेत दिएका थिए ।