जनजागृतीमा चेतनामूलक कार्यक्रम

नेपालमा पोषणयुक्त खाद्यान्न कमि हुँदै गएको र प्रत्येक बालबालिकाले मिठो र स्वादको लागि पौष्टिक तत्व कम भएका खाद्यान्नहरु प्रयोग गरिरहेको बेला ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले जनजागृती मावि साँगाचोकमा चेतनामूलक कार्यक्रम गरेको छ ।


जनजागृती मावि साँगाचोकमा अध्ययनरत विद्यार्थीहरुलाई पोषण र कुपोषण सम्बन्धी गुठीका उमा लोहनीले प्रष्ट पार्नुभएको थियो ।
हेर्दा आकर्षक लागेपनि प्रयोग नै गर्न नहुने खानेकुराहरुको बारेमा जानकारी दिँदै बिस्कुट, चाउचाउ, चकलेट, हल्का पेय पदार्थ, पाउरोटी आदिमा आवश्यक मात्रामा पोषण तत्व नपाइने प्याकेट बन्द भएका खानाहरुमा विभिन्न किसिमको रासायनिक पदार्थको मिसावट हुने भएकाले यस्तो खाना खाँदा बालबालिकालाई कुपोषण हुनुका साथै हड्डी खिइने, बाङ्गिने, मुटु सम्बन्धी रोग लाग्ने, पेट सम्बन्धी विभिन्न रोग लाग्ने भएकोले यस्तो खाद्यान्न नखान अनुरोध गर्दै स्थानीय स्तरमा उत्पादित भएको अर्गानिक खाद्यान्नहरुको प्रयोग गर्न उहाँले अनुरोध गर्नुभयो ।
उहाँले स्थानीय स्तरमा उत्पादन भएका चामल, कोदो, मकै, फापर, जौ, गहुँ, आलु, पिँडालु, तरुल, सखरखण्ड, गिठ्ठा, भ्याकुर, भटमास, मास, मुसुरो, चना, रहर, मस्याङ लगायत स्थानीय स्तरमा उत्पादन भएका सागपात, फलफूलहरु खानुपर्ने बताउनुभयो ।

Lokpriyasamachar@. Powered by Blogger.